वाईडबडी खरिद प्रकरण : लेखा समितिबाट प्रतिवेदन पास हुन सकेन

काठमाडौं, २० पुुस । वाइडबडी विमान खरिद प्रकरणको छानबिन उपसमितिको प्रतिवेदन सार्वजनिक लेखा समितिबाट पारित हुन सकेन । सत्तारुढ दल नेकपा सांसदहरुले प्रश्न उठाएपछि सार्वजनिक लेखा समितिले आज निर्णय लिन नसकेको हो ।

विमान खरिदमा भ्रष्टाचार भएकोमा सबैको सहमत देखिएपनि पर्यटनमन्त्री रविन्द्र अधिकारी र गृहसचिव प्रेम राईलाई गरिएको कारबाही सिफारिसमा नेकपा सांसदहरुले प्रश्न उठाएका थिए । तर उपसमितिमा रहेका नेकपाकै सांसदहरुले त्यसको खण्डन गरे ।

छानबिन गर्दा जे देखियो त्यही लेखेको उनीहरुले बताए । समितिमा कुनै सहमति जुट्न सकेन र सभापतिले अनौपचारिक परामर्श गर्ने गरी सोमबार ११ बजेसम्म स्थगित भएको छ ।

तस्विर : मुकुन्द कालिकोटे 

Comments

Loading...
Loading...

ताजा खबर

धेरैले पढेको

Loading...