पूर्वकप्तान क्षेत्रीको ‘कप्तान १९९८’ सार्वजनिक

काठमाडौं, २० पुस । राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान एलबी क्षेत्रीद्धारा लिखित पुस्तक ‘कप्तान १९९८’ विमोचन गरिएको छ । क्रिएटिभ बुक्सले प्रकाशन गरेको पूर्वकप्तान क्षेत्रीको संस्मरणात्मक पुस्तक ‘कप्तान १९९८’ विमोचन गरिएको हो ।

उक्त पुस्तक नेपाल क्रिकेट संघ क्यानका पूर्वअध्यक्ष विनयराज पाण्डे, पूर्वकप्तान पवन अग्रवाल, विनोद दास, उत्तम कर्माचार्यले सार्वजनिक गरेका हुन् ।

कार्यक्रममा नेपाली क्रिकेटका पूर्वकप्तान तथा नेपाली महिला क्रिकेट टिमका मुख्य प्रशिक्षक विनोद दासले यो किताबले नेपाली क्रिकेटको बारेमा धेरै कुरा बताउने भन्दै साहसिक कदम चालेको बताए ।

तस्विर मुकुन्द कालिकोटे

Comments

Loading...
Loading...

ताजा खबर

धेरैले पढेको

Loading...