‘कंशकार भ्रष्टाचारका महानायक, जसरी पनि कारबाही हुनुपर्छ’

काठमाडौं, २० पुस । सत्तारुढ दल संघीय समाजवादी फोरम नेपालका सांसद प्रदीप यादवले नेपाल वायु सेवा निगमका महाप्रबन्धक सुगतरत्न कंशकारलाई भ्रष्टाचारको महानायकको संज्ञा दिँदै उनलाई जसरी पनि कारबाही गर्नुपर्ने माग गरेका छन् ।

वाइडबडी जहाज प्रकरणमा भएको अनियमितताबारे छानविन गर्न गठित सार्वजनिक लेखा समिति अन्तर्गतको उपसमितिका सदस्यसमेत रहेका सांसद यादवले आज बसेको लेखा समितिको बैठकमा यस्तो माग गरेका हुन् ।

उनले भने, ‘कंसाकार भ्रष्टाचारको महानायक हो । भ्रष्टाचारीलाई जसरी पनि कारबाही हुनुपर्छ ।’ यादवले यो प्रकरणमा मन्त्री रवीन्द्र अधिकारी पनि उतिकै दोषी भएकोले अधिकारी पनि कारबाहीको भागिदार हुनुपर्ने बताए ।


ताजा खबर

Loading...
Loading...
Loading...