माछापुच्छ्रे बैंकको अध्यक्षमा डा. महतो चयन

काठमाडौं, २० पुस । माछापुच्छ्रे बैंकको सञ्चालक समितिको अध्यक्षमा डा. विरेन्द्र प्रसाद महतो चयन भएका छन्। पोखराको होटल ग्राण्डमा शुक्रबार सम्पन्न बार्षिक साधारणसभाले डा. महतोलाई सञ्चालक समितिमा चयन गर्दै अध्यक्ष बनाएको हो।

यसअघि रोशन केसी अध्यक्ष थिए । केसी अघि महतो नै अध्यक्ष थिए। डा.महतोसँगै केसी र गोपीकृष्ण न्यौपाने पनि सञ्चालक चयन भएका बैंकले जारी गरेको प्रेस विज्ञप्तीमा जनाईएको छ । बैंकले गत बर्ष सवा अर्ब रुपैयाँ नाफा कमाएको थियो। बैंकको प्रति शेयर आम्दानी करिव १६ रुपैयाँ छ।

बैंकले पुर्वमा झापादेखि पश्चिममा कन्चनपुर साथै हिमाल देखि पहाड, र तराईसम्म आफ्ना ८८ वटा शाखाहरु, २ एक्सटेन्सन काउन्टर र ५२ शाखा रहित बैकिङ्ग सेवा समेत गरी जम्मा १४२ स्थानवाट बैकिङ्ग सुबिधा प्रदान गरिरहेको छ । साथै, बैंकको देशभर १०८ वटा एटीएमहरु संचालनमा रहेको छ ।

बैंकका अनुसार उक्त साधारण सभाले बैंकको आर्थिक वर्ष २०७४/७५ को वार्षिक प्रतिबेदन पारित गर्नुका साथै बैंकको सञ्चालक समितिले प्रस्ताव गरेअनुसार शेयरधनीहरुलाई हालको चुक्ता पूँजीको १० प्रतिशत नगद लाभांश प्रदान गर्ने प्रस्ताव पारित गरेको छ ।

साथै, उक्त साधारण सभाले आर्थिक वर्ष २०७५र७६ को लागि जी.पी. राजवाहक एन्ड कम्पनीलाई लेखापरीक्षक नियुक्ती गर्ने निर्णय पनि गरेको छ । बैंकको चुक्ता पूँजी ८ अर्ब ५ करोड रुपैयाँ तथा साधारण जगेडा कोषमा १ अर्ब ११ करोड रुपैयाँ संचित छ ।


ताजा खबर

Loading...
Loading...
Loading...