प्रधानमन्त्री ओलीले मन्त्री अधिकारीलाई भोलि बर्खास्त गर्ने

काठमाडौं, २१ पुस । वाईडबडी विमान खरिद प्रकरणले सत्तारुढ दल नेकपाभित्र ठूलो भुईँचालो ल्याएको छ । आफ्नै पार्टीका विभागीय मन्त्री रवीन्द्र अधिकारीपनि घोटालामा मुछिएपछि उनलाई हटाउन पार्टीका शीर्ष नेताहरुको दबाब छ ।

वाईडबडी विमान घोटाला छानबिन गर्न गठित संसदीय उपसमितिले चार अर्ब ३५ करोड ५६ लाख घोटाला भएको प्रतिवेदन सार्वजनिक गरेपछि ठूलै हलचल भएको हो । समितिले यसमा विभागीय मन्त्री अधिकारीसहित, पूर्व मन्त्रीद्धय जीवन बहादुर शाही र जीतेन्द्र नारायण देवलाई पनि दोषी देखाएको छ । बहालवाला मन्त्री अधकिारी नै भ्रष्टाचारमा मुछिएको भन्दै पार्टीका शीर्ष नेताहरुले प्रधानमन्त्री केपी शर्मा ओलीलाई दबाब दिएका थिए ।

पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठले त ओलीलाई भेटेरै तत्काल मन्त्री अधिकारीलाई हटाउन दबाब दिएका थिए । मन्त्री अधिकारीलाई नहटाईए पार्टी र सरकार दुवै बदनाम हुने कारण देखाउँदै पार्टीका नेताहरुले प्रधानमन्त्री ओलीलाई भेटेर दबाब दिएका थिए ।

हिजो यस विषयमा प्रधानमन्त्री ओलीले अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँगपनि छलफल गरेका थिए । अध्यक्षद्धयबीच मन्त्री अधिकारीलाई हटाउन वा नहटाउने भन्ने विषयमा गम्भिर कुराकानी भएको पार्टी निकट उच्च स्रोतले जनायो । पार्टीभित्रैबाट दबाब आएकोले अन्ततः ओलीले भोलि मन्त्री अधिकारीलाई बर्खास्त गर्ने तयारी गरेका छन् ।

Comments

Loading...
Loading...

ताजा खबर

धेरैले पढेको

धेरैले पढेको

Loading...