समाचारको भरमा विचलित नहुन संघ, भक्त, अनुयायी, शुभचिन्तक तथा धर्मप्रेमिहरुलाई बोद्यि श्रवण धर्म संघको अपिल

काठमाडौं, २१ पुस । बोद्यि श्रवण धर्म संघले संघ, भक्त, अनुयायी, शुभचिन्तक तथा धर्मप्रेमिहरुलाई सञ्चार माध्यममा आएका समाचारको भरमा विचलित नहुन अपिल गरेको छ ।

संघले शनिबार जारी गरेको अपिलमा भनिएको छ,‘बोधि श्रवण धर्म संघका संघ, भक्त, अनुयायी, धर्मप्रेमी तथा शुभचिन्तकहरुलाई केही दिन यता सञ्चार माध्यमहरुबाट प्रशारित विभिन्न समाचारले दुःखित र क्षुब्द तुल्याएको छ नै, यसमा कति पनि विचलित नभई संयमित भई धैर्य र शान्त रहन यस बोधि श्रवण संघ मैत्रीय अपिल गर्दछ ।’

त्यस्तै संघले उत्तेजना, आवेग, रीसराग, द्धेष मानव सभ्यताको नै कलंक भएको जनाएको छ । अपिलमा थप भनिएको छ,‘यसलाई परित्याग गरी सत्यको मार्गमा अविचलित भएर लागिरहन र नेपाल सरकारलाई सत्य तथ्यमा पुग्न सघाईराख्न समेत मैत्रीय आग्रह गर्दछौं ।’

अध्यक्ष निलबहादुर थिङद्धारा जारी अपिलको अन्तिममा भनिएको छ,‘पुनश्चः ‘समय नपाक्दै फल टिप्न सकिँदैन’ भन्ने महासम्बोधि धर्म संघ गुरुज्यूको बचनलाई सम्झन र पालना गर्न सबैमा सत्बुद्धि जागृत हुनेमा संघ बिश्वस्त रहेको छ ।’

Comments

Loading...
Loading...

ताजा खबर

Loading...