कवितामा बोल्छ देश : निर्मला प्रकरणदेखि भ्रष्टाचारसम्म (भिडियोसहित)

काठमाण्डौ । कविता यस्तो साहित्यक विधा हो जसले हरेक कुरा बोल्न र छर्लङ्ग पार्न सक्छ । कविको कला पोखिएपछि कविताको सिमा रहँदैन । पछिल्लो समय देशको अवस्था देखेर कविहरु पनि निराश बनेका छन् ।

स्रष्टाहरुले छन्द कविता मार्फत मुलुकमा व्याप्त भ्रष्टाचार, अशान्ति र राजनीतिक खिचातानीमाथि तिखो व्यंग्य गरेका छन् ।

लेखन कुञ्जले राजधानी काठमाण्डौमा गरेको छन्द कविता वाचन कार्यक्रममा छन्दकविहरुले मुलुकको शान्ति सुरक्षा, भ्रष्टाचार, राजनीतिक खिचातानीमाथि व्यंग्य गर्दै राज्य सत्ताको नेतृत्व लिएकालाई हिम्मतका साथ दियालो बन्न सुझाव दिएका हुन् । आर्थिक अनियमितताको सवालमा सधै साना र तल्लो बर्गकालाई मात्रै निसानामा पार्ने गरिएकोमा पनि उनीहरुले असन्तुष्ठी पोखे ।

इच्छाशक्ति भए मुलुकको शान्ति विथोल्न जुरुक्क उठेका सिहं र व्वाँसालाई थुन्न सकिने भन्दै उनीहरुले निर्मला पन्तको हत्यामा संलग्न दोषिलाई नियन्त्रणमा लिई मुलुकभर शान्ति र सुरक्षाको दियालो बन्न नेतृत्वको ध्यानाकर्षण गराए । उनीहरुले मुहानबाट नै भ्रष्टाचारको निर्मुलका लागि पहन गर्न पनि सुझाए ।

पछिल्लो समय लिंङ्ग पहिचान गरि भु्रण हत्या गराउने काम बढ्दै गएकोमा गम्भीर असन्तुष्ठी जनाउदै कविहरुले छोरीप्रति दया, माया र भरोसा राख्न अपिल गरे । निकै मार्मिक रुपमा उनीहरुले सृष्टिको विधानलाई आत्मसाथ गरि छोरीलाई मृत्युको मुखमा नभई काखमा चढाउन आग्रह गरे ।

युवा अवस्था देखि बोकेको झोलाले आफ्नै जीवनको संग्लो तस्वीर देखाईरहेको संकेत गर्दै कवि नरेन्द्र परासरले मान्छेका उत्साह, इच्छा, आकांक्षा र प्राप्तीलाई सारमा झोला शिर्षकको कवितामा बाचन गर्नुभयो ।

मुलुकको चिन्ता संगै कविहरुले श्रृंगारिक रसका कविता पनि बाचन गरेपछि कुञ्च थियटर केही समय रोमाञ्चित बनेको थियो ।

सडक संघर्षका अनेक आयमका बीच सरकारले मुलुकको शान्ति सुरक्षा लगायत जनताको आधारभुत आवश्यकतामा गम्भीरता नदेखाएपछि साहित्य मार्फत त्यस प्रति तिखो व्यंग्य प्रहार हुने गर्दछ ।

Comments

Loading...
Loading...

ताजा खबर

धेरैले पढेको

Loading...