ओली र प्रचण्डको समर्थनमा पहिलो महिला प्रधानमन्त्री बन्छु : श्रृंखला खतिवडा (भिडियोसहित)

पुष २२, काठमाण्डौ । मिस नेपाल श्रृंखला खतिवडाले नेपालमा प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीको आवश्यकता रहेको बताएकी छिन् ।

प्राइम टाइम्स टेलिभिजनको कार्यक्रम जनता जान्न चाहन्छन्मा ऋषि धमलासँग कुरा गर्दै खतिवडाले राजनीतिक स्थायित्व र विकासका लागि संसदबाट चुनिएको नभै जनताबाट प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री चाहिने बताइन् ।

प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीको व्यवस्था गर्ने हो भने जोकोही राम्रो र क्षमतावान व्यक्तिले पनि अवसर पाउने उनले बताइन् ।

प्रत्यक्ष निर्वाचित प्रणाली नभएसम्म दलीय स्वार्थ नहट्ने खतिवडाको जिकिर छ । उनले आफैँ पनि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री बन्न चाहेको बताइन् ।

प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीको व्यवस्था गर्ने हो भने आफू चुनाव लडेर नेपालको पहिलो महिला प्रधानमन्त्री बन्न सक्ने दावी गरिन् ।

नेकपा अध्यक्षद्धय केपी ओली र प्रचण्डले पनि आफूलाई समर्थन गर्नुपर्ने बताइन् । “प्रधानमन्त्री ओलीसँग कुरा भएको छ । मलाई उहाँ मन पर्छ । उहाँको सहयोग पाएँ भने म नेपालको पहिलो महिला प्रधानमन्त्री बन्न सक्छु ।” खतिवडाले भनिन् ।


ताजा खबर

Loading...
Loading...
Loading...