सभामुख महराको कदमको चौतर्फी विरोध, अनिल झाको यस्तो आरोप

काठमाडौं, २२ पुस । संसदमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसलाई प्रधानमन्त्री केपी शर्मा ओलीको सम्बोधनपछि प्रश्न गर्न नदिएकोमा सभामुख कृष्णबहादुर महराको चौतर्फी विरोध भएको छ ।

कांग्रेसले त सभामुखको यो कदम गम्भिर गलत भएको टिप्पणी गरेको छ । कांग्रेस सांसद गगन कुमार थापाले त सभामुख महराले हुकुमी शैली अपनाएको टिप्पणी गरेका थिए ।

उता, राष्ट्रिय जनता पार्टी नेपालले पनि सभामुख महराले गम्भिर भूल गरेको टिप्पणी गरेको छ। राजपा नेपालका अध्यक्ष मण्डलका एक सदस्य अनिलकुमार झाले संसदीय व्यवस्थामा प्रधानमन्त्रीको संसदको सम्बोधनमाथि प्रतिपक्ष दलले टिप्पणी गर्ने व्यवस्था रहे पनि त्यसो गर्न नदिएर सभामुख महराले गल्ती गरेको प्रतिक्रिया दिएका हुन्।

उनले संसद बस्नुको अर्थ सरकारबारे अरु दलले टिप्पणी गर्न पाउनु रहेको उल्लेख गर्दै प्रधानमन्त्री बोलेपछि संसदमा प्रश्न गर्न पाउने व्यवस्था संघीय संसदको नियमावलीमा रहेको दाबी पनि गरे ।

नेता झाले संविधान संशोधनको विषयमा प्रधानमन्त्री ओलीले प्रतिनिधिसभाको बैठकमा बोल्दै नबोलेकोमा असन्तुष्टि जनाउँदै तत्सम्बन्धमा पार्टीमा गम्भीर छलफल गर्ने पनि बताए।

Comments

Loading...
Loading...

ताजा खबर

धेरैले पढेको

धेरैले पढेको

Loading...