सचिन तेन्दुलकरः एक चड्कनले बदलिएको जीवन

काठमाडौँ,२३ पुस । सन् २०१३ को डिसेम्बरमा टेस्ट क्रिकेटबाट सन्यास लिने बेला सचिन तेन्दुलकरले खेलपछि प्रशिक्षक रमाकान्त अचरेकरलाई यसरी सम्झे, मेरो खेलजीवन शुरू हुँदा म ११ वर्षको थिएँ।

आज अचरेकर सरलाई स्ट्याण्डमा देखेर म निकै खुशी छु। म उहाँको स्कूटरमा बसेर एक दिनमा दुई(दुईवटा म्याच खेल्न जान्थेँ।सरले मलाई स्कूटरमा लैजानुहुन्थ्यो ताकि मैले म्याच नछुटाऊँ। सरले मलाई कहिल्यै भन्नुभएन कि तिमीले एकदम राम्रो खेल्यौँ किनकि उहाँ चाहनुहुन्थेन म कहिल्यै लापरबाह होऊँ। तर सर अहिले त्यस्तो भन्न सक्नुहुन्छ किनकि अचेल म खेल्दिनँ।ू

दुई सय टेस्ट र चार सय ६३ वानडेमा करिब ३५ हजार रन र सयवटा शतक प्रहार गरेका खेलाडीले यस्तो भन्दा रमाकान्त अचरेकर कस्ता मान्छे थिए भन्नेबारे तपाईँ अनुमान गर्न सक्नुहुन्छ।

तर त्यस्तो अनुमान गर्नुअघि त्यतिबेला रमाकान्त अचरेकर के गर्थे भन्ने कुरा बुझिहाल्नूस्।त्यतिबेला अचरेकर बिरामी थिए र केही वर्षदेखि टीभी हेर्न पाइरहेका थिएनन्। टीभी सेट अगाडि पनि उनी बस्न सक्दैनथे, बोल्न गाह्रो हुन्थ्यो।

तर उनको परिवारका सदस्यलाई यो कुरा थाहा थियो कि मुम्बईस्थित वानखेडे रङ्गशालामा जब सचिनले अन्तिम टेस्ट खेल्नेछन् तब अचरेकरका लागि त्यो एउटा भावुक पल हुनेछ।

उनकी छोरी कल्पना मुरकरलाई थाहा थियो कि बुवालाई रङ्गशाला लैजानैपर्छ। सचिन तेन्दुलकरलाई क्रिकेट मैदानमा हेर्नका निम्ति अचरेकर पहिलो पटक रङ्गशाला पुगेका थिए। सन्यास लिने सचिनको फैसलालाई लिएर उनी सन्तुष्ट थिएनन्।अचरेकरकी छोरीका अनुसार सचिनले अझै केही वर्ष खेल्छन् होला भनी उनलाई लागेको थियो।

खैर, कुरा एउटा भेटको हो, जसको कारण क्रिकेटको आकाशमा सचिन तेन्दुलकर जस्तो तारा चम्कियो। त्यो भेट रमाकान्त अचरेकर र ११ वर्षीय सचिन तेन्दुलकरबीचको थियो।

त्यो भेटबारे सचिन तेन्दुलकरले आफ्नो आत्मकथा प्लेइङ्ग इट माइ वेु मा मीठो तरिकाले चर्चा पनि गरेका छन्।सचिनले लेखेका छन्, उनका दाइ अजितले अचरेकर सरसँग भेटाउन शिवाजी पार्क लगेका थिए, ‍जहाँ १५ वर्षमुनिको ुसमर क्याम्पुका लागि ट्रायलु भइरहेको थियो।बच्चाहरूको खेल हेरेर क्याम्पमा लैजान सकिने वा नसकिने कुराको निर्क्यौल अचरेकर सरले गरिरहेका थिए।

सचिनले आफ्नो अनुभवबारे लेखेका छन्, मैले त्यसअघि नेट्समा कहिल्यै बलिङ्ग गरेको थिइनँ। वरिपरि धेरै मानिसहरू जम्मा भएका थिए। मलाई बलिङ्ग गर्न लगाइँदा मैले असहज महसुस गरिरहेको थिएँ।ू

ूसरले निकै गम्भीरतापूर्वक हेरिरहनुभएको थियो, मैले खासै प्रभावित पार्न सकिनँ। मेरो बलिङ्गपछि सरले अजितलाई बोलाएर अहिले म धेरै सानो भएकोले पछि लिएर आउन भन्नुभयो।ू

सचिन अत्तालिएकोले टाढाबाट उसले बलिङ्ग गरेको हुर्नूस् भन्ने कुरामा अचरेकर सरको चित्त बुझाउन अजित सफल भए।अचरेकर सर तयार हुनुभयो र अभ्यासको क्रम शुरू भयो। त्यसको पाँच वर्षपछि सचिन भारतीय टोलीमा पुग्न सफल भए।

रमाकान्त अचरेकरले शुरूकै दिनमा सचिनलाई घण्टौँसम्म अभ्यासमा पसिना बगाउन सिकाए, जुन कुरालाई सचिनले खेलजीवनभरि अनुशरण गरे।

अभ्यासका दिनमा रमाकान्त अचरेकरले एउटा नियम लागु गरेका थिए अभ्यासका क्रममा सचिनलाई आउट गर्ने बलरलाई उनले एउटा सिक्का दिनेछन्। र, सचिनले त्यो सिक्का कसैको हातमा पर्न नदिने भनेका थिए।

त्यो नियमको दोस्रो रूप थियो यदि दिनभरि कुनै पनि बलरबाट आउट नभए सचिनले नै सिक्का पाउनेछन्।सचिनले एक एक गरी रमाकान्त अचरेकरबाट १३ वटा सिक्का पाए र अहिले पनि ती सिक्कालाई जतनका साथ राखेका छन्। सचिनका अनुसार ती सिक्का उनका लागि कुनै इनामभन्दा कम छैनन्।

सचिनलाई एउटा खेलाडी बनाउनुभन्दा करिब दुई दशक पहिले रमाकान्त अचरेकर स्टेट ब्याङ्क अफ इन्डियाका कर्मचारी थिए।घरमा क्रिकेटको माहोल थियो किनकि उनका बुवा, विजय मांजरेकरका हजुरबुवासँग न्यू हिन्द क्लबको तर्फबाट क्रिकेट खेल्थे।

हुन त रमाकान्त अचरेकरले पनि क्रिकेट खेल्न शुरू गरे तर उनी घरेलु क्रिकेटभन्दा अगाडि बढ्न सकेनन्। न्यू हिन्द क्लबका लागि चाहिँ उनी सचिन बनिसकेका थिए। यो कुरा सन् १९६४(६५ तिरको हो।

एकदिन अचानक क्लबको मैदान नजिकैको दयानन्द बाल विद्यालयका विद्यार्थीहरूले मैदानमा अभ्यासका लागि अनुमति मागे। त्यसपछि शौखका रूपमा प्रशिक्षणको सिलसिला शुरू भयो।त्यसपछि अचरेकरको पहिचान एउटा प्रशिक्षकका रूपमा बन्न थाल्यो। सन् १९८१(८२ सम्म उनी सो क्षेत्रका उत्कृष्ट प्रशिक्षकका रूपमा स्थापित भए।

अतः अजित तेन्दुलकरले आफ्ना भाइ सचिनलाई क्रिकेटर बनाउने निर्णय गर्दा उनले सबैभन्दा पहिला अचरेकरलाई सम्झे।सबैभन्दा पहिले अचरेकरले नै सचिनमा लुकेको प्रतिभाको पहिचान गरेका थिए। सचिन पनि यति खरो उत्रिए कि क्रिकेट जगत्‌ले उनलाई सधैँ सम्झिरहनेछ।

हुन त अचरेकरको छत्रछायामा विनोद काम्बली, प्रवीण आमरे र अजित अगरकर जस्ता क्रिकेटर पनि थिए तर तीमध्ये कोहिनूर भएर सचिन नै निस्के जसले कैयौँ अवसरमा आफ्ना प्रशिक्षकहरूको शिर ठाडो बनाए।सचिनको लोभलाग्दो सफलताको कारण बताउँदै अचरेकर सधैँ एउटा कुरा भन्थे, अनुशासन।

सचिनको पूरै खेलजीवनलाई नजिकबाट नियालेकाहरूले यो कुरा स्वीकार्छन् कि उनी एकदमै अनुशासित खेलाडी रहे।खासमा सचिनमा अनुशासनको जग हाल्ने र सफलतका लागि लगातार अभ्यास गर्नुपर्ने बानी सानैदेखि अचरेकरले नै बसाइदिएका थिए।२४ वर्षसम्म लगातार क्रिकेट खेल्नुको एउटा कारण घण्टौँसम्मको अभ्यासलाई सचिनले कहिल्यै बोझका रूपमा लिएनन्।

शुरूवाती दिनमा सचिन तेन्दुलरले कमजोरी देखाउँदा अचरेकरले रिसमा एक चड्कन हानेका थिए।सो घटनाबारे सचिनले पनि चर्चा गरेका छन्। आफ्नो स्कूलको सिनियर टोलीको फाइनल म्याच हेर्न एकचोटि उनी म्याच खेल्न गएनन्।

अचरेकरले यो कुरा सुनेपछि सबैका सामु सचिनको गालामा एक चड्कन हान्दै भने, मानिसहरूले तिम्रो खेल हेरेर ताली बजाऊन् न कि हेर्ने ठाउँमा तिमी बसेर ताली बजाऊनू।

अचरेकरका अनुसार त्यो घटनापछि सचिनबारे कहिल्यै गुनासो गर्नुपरेन। र, त्यसपछि २४ वर्ष लामो खेलजीवनमा सचिनले हरेक शृङ्खलाअघि आफ्ना प्रशिक्षकसँग सरसल्लाह गर्न कहिल्यै बिर्सेनन्।

सचिन लगायतका क्रिकेटरलाई खेलमा ल्याएका कारण अचरेकरलाई सन् १९९० मा प्रशिक्षकलाई दिइने सबैभन्दा ठूलो सम्मान द्रोणाचार्य पुस्कार प्रदान गरियो।त्यसको करिब २० वर्षपछि सन् २०१० मा उनलाई पद्‌मश्री पुरस्कार प्रदान गरियो।

उनको निधनपछि सचिनले भनेका थिए, अचरेकर सरको उपस्थितिमा स्वर्गमा पनि क्रिकेट समृद्ध हुनेछ।क्रिकेट जगत्‌मा जब जब सचिनको नाम लिइनेछ, अचरेकरको पनि याद आउनेछ।बीबीसी

Comments

Loading...
Loading...

ताजा खबर

धेरैले पढेको

Loading...