म्यानचेस्टर सिटी एफए कपको चौथो चरणमा प्रवेश

काठमाडौं, २३ पुस । इंग्लिस प्रिमियर क्लब म्यानचेस्टर सिटी एफए कप फुटबलको चौथो चरणमा प्रवेश गरेको छ । गएराति भएको खेलमा च्याम्पियनसिप क्लब रोदरहम युनाइटेडलाई ७–० को फराकिलो अन्तरले हराउँदै चौथो चरणमा उक्लिएको हो ।

घरेलु मैदानमा भएको खेलमा म्यान्चेष्टर सिटीलाई जिताउन राहिम स्टर्लिङ, फिल फोडेन, ग्याब्रियल जिसस, रियाद माहारेज, निकोलस ओटामेन्डी र लेरोए सानेले एक–एक गोल गरे । रोदरहमका सेमी अजयीले एक आत्मघाती गोल गरेका थिए। एजेन्सी

Comments

Loading...
Loading...

ताजा खबर

धेरैले पढेको

Loading...