सुनियोजित रुपमा हाम्रो तस्विर दुरपयोग गरियोः मेघराज शाही

काठमाडौं, २३ पुस । यूवा संघका केन्द्रीय सदस्य एवम् यूवा व्यवसायी मेघराज शाहीले खाँडा कालिकोटका अग्नि पीडितहरुको लागि आफूहरुले फाटो कपडा प्रदान नगरेको स्पष्ट पारेका छन् ।  गत पुस ८ गते राती आगलागिबाट पीडित बनेका कालिकोट जिल्ला पलाँता गापाको खाँडाको लागि आफुहरुले फाटो कपडा वितरण नरेको स्पष्ट पारेका हुन । केही सञ्चारकर्मीले आफ्नो सतकर्म भन्दा बाहिर गएर बद्नाम गर्ने मनसायले खाँडाका पीडितहरुलाई फाटो कपडा राहत भनेर आफूहरुको तस्विर राखिएको भन्दै भ्रममा नपर्न सचेत गराएका छन् ।
उनले सामाजिक सञ्जाल फेशबुकमा लेखेका छन्,‘कालिकोटबाट काठमाडौं बसोबास गर्दै आएका बिध्यार्थी, युवा, पत्रकार, समाजसेवी, र बिभिन्न पेशामा संङ्लन्न रहेका सम्पुर्ण कालिकोट बासी मिलेर पैसा बाहेक लत्ता कपड़ा २४ बोरा नयाँ कपड़ा लिएर केहीसाथीहरु कालिकोटको पलाता गाउँपालिका अध्यक्ष लक्ष्मण बम ज्युलाई हस्तान्तरण गरी आएका छौं।

काठमाडौं ठगेर, लुटेर बस्ने र कालिकोटका पत्रकारसँग मिलि फेक न्यूजÞ बनाएर सोझासाझा समाजसेवी र बिध्यार्थी युवामाथी चरित्र हत्या गर्न खोज्ने फटाहाहरु होसियार ! पुराना कपडा भनि हाम्रो तस्विर सामाजिक सञ्जालमा भाइरल बनाएर आफु राजनीति गर्न खोज्ने फटाहालाई कानूनको दायरामाल्याई कारबाही प्रशासनसँग माग गर्दछु ।’

त्यस्तै तरुण दल कालिकोट राष्कोट नपाका संयोजक सुरेश शाही (शेरसिंह)ले लेख्छन्,‘मलाइ अचम्म लाग्छ । केही साथीहरुबाट आफुहरु काठमाडौं बसेर यो मन खाडामा छ भन्छ्न् । केही साथीहरु कालिकोट पुगेर जनतालाई आफुले सके सम्मको राहत बाडेर आउँदा पुरानो लुगा भन्न अलि लाज मान्नु पर्ने हो ।

कालिकोटका पत्रकार भनौदाहरु आफुले सत्य तथ्य थाहा नपार पुरानो लुगा भनेर न्युज लेख्नु अलि उत्तम होइन । त्यहिको बासिन्दालाइ थाहा होलानी पुरानो लुगा होकी नयाँ भने कुरा अनि यो न्युजको छानविन पनि हुनुपर्छ । यो तस्वीर दुरपयोग गर्ने अधिकार कसले दियो ? पुराना लुगा भन्नेको रेकर्ड पनि हुनुपर्छ । अनि पुरानो लुगाको फोटो पनि हुनुपर्छ बोराको फोटो हालेर न्युज नबनाउ साथीहरु ।’

दुरपयोग भएको भनिएको तस्विर

Comments

Loading...
Loading...

ताजा खबर

धेरैले पढेको

Loading...