गोपाल खड्कासहित चारजनामाथि मुद्दा दर्ता

काठमाडौं, २३ पुस । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल आयल निगमका पूर्व कार्यकारी निर्देशक गोपाल खड्कासहित चारजनामाथि अकुत सम्पत्ति आर्जन गरेको अभियोगमा विशेष अदालतमा मुद्दा दर्ता गरेको छ ।

खड्कासहित श्रीमती शर्मिला खड्का, अनिता लामा र सिजि डेभलर्पस फुड प्रा.लि.माथि मुद्दा दायर गरिएको अख्तियारका प्रवक्ता रामेश्वर दंगालले जानकारी दिए ।

लामो समयदेखि आयोगले खड्काको सम्पत्तिका बारेमा छानबिन गर्दै आएको बताइएको छ । प्रवक्ता दङ्गालका अनुसार खड्कामाथि निगमको प्रमुख तथा अन्य सरकारी निकायमा रहँदा पदको दुरुपयोग गरी अकूत सम्पत्ति कमाएको अभियोग लागेको छ । आयोगले दर्ता गरेको मुद्दाको विस्तृत विवरण आउन बाँकी छ ।


ताजा खबर

Loading...
Loading...
Loading...