चौधरीलाई थुनामै बसेर मुद्दाको पुर्पक्ष गर्नुपर्ने सर्वोच्चको आदेश

काठमाडौं, २३ पुस । टीकापुर हत्याकाण्डको मुख्य योजनाकार मानिएका तथा कैलाली क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद रेशम चौधरीलाई थुनामै बसेर मुद्दाको पुर्पक्ष गर्नुपर्ने गरी सर्वोच्च अदालतले आदेश दिएको छ।

सोमबार न्यायाधीश ईश्वर खतिवडा र पुरूषोत्तम भण्डारीको इजलासले भनेको छ – कानुनबमोजिम गर्नु। सर्वोच्च अदालतका सञ्चार विज्ञ किशोर पौडेलका अनुसार चौधरीको मुद्दामा कानुन बमोजिम गर्नु भनेको जिल्ला अदालतबाटै सुनुवाइ प्रकृया अघि बढाउनु हो।

चौधरीलाई जिल्ला अदालत कैलालीले पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको थियो। चौधरीले फागुन १४ गते अदालतमा आत्मसमर्पण गरेका थिए। जिल्ला अदालतले थुनामै बसेर मुद्दाको पुर्पक्ष गर्न भन्दै दिएको आदेश खारेज गर्न माग गर्दै चौधरीले सर्वोच्च अदालतमा निवेदन दिएका थिए। उनको माग अनुसार सर्वोच्चले आदेश दिएन।


ताजा खबर

Loading...
Loading...
Loading...