कंशाकार र मन्त्री अधिकारीबीच फोनवार्ता, के कुराकानी भयो ?

काठमाडौं, २३ पुस । वाईडबडी विमान खरिदमा घोटाला गरेको आरोपमा मुख्य दोषी देखिएका नेपाल वायु सेवा निगमका महाप्रबन्धक सुगतरत्न कंशाकारले आज पर्यटनमन्त्री रवीन्द्र अधिकारीसँग फोनवार्ता गरेका छन् ।

उनले आफूले राम्रो काम गरेकोमा पुरस्कृत गर्नुपर्नेमा निलम्बन गर्नु गलत हुने भन्दै मन्त्री अधिकारीलाई सुनाएका थिए ।

मन्त्री अधिकारीले आजै मन्त्रालयमा पत्रकार सम्मेलन गरेर नेपाल वायुसेवा निगमको वाइड बडी जहाज खरीद प्रक्रियामा नीतिगत नेतृत्वबाहेक संस्थागत प्रक्रियामा कानूनीरूपमा कुनै पनि भूमिका नहुने भएकाले आफ्नो कुनै संलग्नता नरहेको स्पष्ट गरेका थिए ।

सो विमान खरीदका विषयमा प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिमा छानविन जारी रहेका बेला आफूले जिम्मेवारी सम्हालेपछि मन्त्रालयका समग्र प्रगतिसहित विमान खरीदबारे उठेका प्रश्नको जवाफ दिँदै आज उनले अनियमितताका विषयमा छानविनका लागि आफूले पनि सघाउने बताएका थिए ।

 

Comments

Loading...
Loading...

ताजा खबर

धेरैले पढेको

धेरैले पढेको

Loading...