मापसे चेकिङ : ८० हजार लाइसेन्समा प्वाल

पुष २४, काठमाण्डौ । विसं. २०६८ मङ्सिर १७ गतेबाट सुरु भएको मापसे कारवाही अभियानले सवारी दुर्घटना न्यूनिकरणमा महत्वपूर्ण भूमिका खेलको छ । मापसे अभियानपछि अहिलेसम्म करिब ८० हजार सवारी चालकको अनुमतिपत्रमा प्वाल परिसकेको छ ।

तर मादक पदार्थ सेवन गरेर सवारी साधन चलाउनेलाई गरिने अहिलेको कारबाही फितलो भएको नियमन निकाय ट्राफिक प्रहरी महाशाखा बताउँछ ।

मादक पदार्थ सेवन गरेर सवारी साधन चलाउनेलाई गरिएको कारवाहीबाट आर्थिक वर्ष २०७४÷७५ मा मात्र ट्राफिक प्रहरीले करीव ३० करोड रुपियाँ राजस्व सङकलन गरेको थियो । त्यस्तैं, सोही आर्थिक वर्षमा तीनलाख २२ हजार ९२ जनालाई मापसे कारवाही गरिएको थियो । आर्थिक वर्ष २०६९÷७० र २०७०÷७१ मा मापसे कारवाही अत्यधिक भएको तथ्याङ्कले देखाएको छ । क्रमशः २०६९÷७० मा पाँचलाख २२ हजार, २०७०÷७१ मा पाँचलाख ४५ हजार चालकलाई मापसमा कारवाही भएको थियो ।

ट्राफिक प्रहरीले मापसे गरी सवारी साधन चलाउनेको लाइसेन्समा प्वाल पारिने र ६ पटकसम्म प्वाल परे लाइसेन्स खारेज हुने नियम लागूगरेको थियो । यो नियमलाई अझै कडा बनाउनुपर्ने नियमन निकाय ट्राफिक प्रहरी महाशाखाको ठहर छ ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाको अनुसार हालसम्म काठमाडौं उपत्यकामा मात्र मापसे गरेर सवारी साधन चलाउने ४ सय २३ जानाको लाइसेन्स खारेज भइसकेको छ । २०७५ मसिंर सम्मको तथ्याङकअनुसार २ लाख ८६ हजार ९ सय २२ जना मादक पर्दाथ सेवन गरि सवारी चलाए वापत कारबाहिमा परेका छन ।

जसमा पुरुषको सङख्या २ लाख ८५ हजार ३ सय २० जना हरेका छन भने महिलाको सङख्या १६ सय २ जना रहेका छन । मापसे कारबाहीमा पर्नेबाट प्रतिव्यक्ति १ हजार रुपैयाका दरले राजस्व सकंलन हुने गरेको छ । तर यसरी संकलन भएको करोडौँ रुपैयाँ कहाँ केमा प्रयोग भइरहेको छ भन्नेमा माहानगरीय ट्राफिक प्रहरी महाशाखा नै अनभिज्ञ छ ।

मापसे परिक्षण अभियानबाट मादक पदार्थ सेवन गर्नेको सङख्यामा कमि आएको भनियता पनि महानगरीय ट्राफिक प्रहरी माहासाखामा मापसे सेवन गरे वापत क्लास लिन आउनेको सङ्ख्या घटेको छैन । हाल देशभर ३२ लाखको हाराहारीमा सवारीसाधन सञ्चालनमा छन् भने काठमाडौँ उपत्यकामा मात्र झण्डै आठ लाखको हाराहारीमा सवारीसाधन सञ्चालनमा छन् ।


ताजा खबर

Loading...
Loading...
Loading...