‘प्रधानमन्त्रीले मधेशको ‘म’ र संविधान संशोधनको ‘स’ पनि उच्चारण गर्नुभएन्’

काठमाडौं, २४ पुस । राष्ट्रिय जनता पार्टी (राजपा) नेपालका प्रमुख सचेतक लक्ष्मणलाल कर्णले सभामुखले भोलि बीचको बाटो तय गरेर सदन सुचारु गर्नुपर्ने धारणा राखे । उनले भने,‘दुवै पक्ष गम्भिर बन्नुपर्छ । सभामुखले बीचको बाटो लागि तयार हुनुपर्छ ।’

मंगलबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा उनले आईतबार संसदमा भएको घट्नालाई दुर्भाग्यको संज्ञा दिएका छन् । कर्णले भने,‘सभामुखले पनि केही न केही गल्ती गर्नुभएकै हो । र, पार्टीको तर्फबाटपनि केही गल्ती भएको हो । अब बीचको बाटोबाट जानुपर्छ । कार्यव्यवस्था परामर्श समितिको बैठकले यसलाई टुँगो लगाउँछ ।’ नियामावली जीवन्त रहेकोले सोहीअनुसार अघि बढ्नुपर्नेमा उनको जोड छ ।

कर्णले प्रधानमन्त्रीको सम्बोधनबाट आफूहरुले धेरै आशा गरेपनि आशातित सम्बोधन नआएको गुनासो पोखे । उनले भने,‘रेल कहिले आउँछ ? पानीजहाज कहिले चल्छ ? भन्ने कुरा अहिले जनताको चासाको विषय होईन, बरु रोजी, रोटीको र घरद्धारको जनतालाई चिन्ता छ ।’

उनले आफूहरुले मुद्दा फिर्ता र संविधान संशोधनको लागि वर्तमान सरकारलाई समर्थन गरेको उल्लेख गरे । कर्णले थपे,‘तर, प्रधानमन्त्रीज्यूले यस विषयमा केही पनि बोल्नुभएन ।’ संविधान संशोधन र मुद्दा फिर्ताबारे ७ दिनभित्र काम अघि बढाउँछु भनेपनि प्रधानमन्त्रीले सम्बोधनको क्रममा मधेशको ‘म’, संविधानको ‘स’ र मुद्दा फिर्ताको ‘मु’ शब्दपनि उच्चारण नगरेको उनले गुनासो पोखे ।

Comments

Loading...
Loading...

ताजा खबर

धेरैले पढेको

धेरैले पढेको

Loading...