लास जलाउने घाटेको जीवन : समाजले नरुचाउने तर नभै नहुने(भिडियोसहित)

काठमाण्डौ । जबसम्म समाजमा कामको आधारमा मान्छेलाई मुल्याङ्कन गरिन्छ तबसम्म हाम्रो नजरले, मनमष्तिष्कले काम त काम हो भन्ने वकालत गर्न सक्दैन । जीवनकालमा अति आवस्यक पर्ने पेशाकर्मीलाई परापूर्र्व कालदेखि नै आजसम्म पनि समभावले अपनाउन किन सकिरहेका छैनौ हामी ? पेशाका आधारमा मान्छेलाई हेर्ने दृष्टिकोण परिवर्तन हुन जरुरी छ ।।

जीवन समाप्ती सँगै हामीले आफ्ना लागी गर्ने हर प्रयास सकिन्छ अनि सुरु हुन्छ घाटेको काम जसलाई हामी हेयको, उपेक्षाको दृष्टिले हेर्छौ । समाजले नरुचाएको पेशा तर समाजलाइ नभै नहुने, पेशा बनेको छ घाटेको कर्म । पछिल्लो समय पशुपति विकाश कोषले घाट व्यवस्थापनको काम गरिरहेको छ । सँगै घाटेको पारिश्रामिक पनि निर्धारण गरेको छ ।

हामी त्याँहा पुग्दा आफ्नो जिम्मा लगाइएको चीतामा काम गर्न तल्लिन थिए घाटेहरु क्यामेरामा बोल्न नचाहने कारण उनीहरुका आखामा प्रत्यक्ष देख्न सकिन्थ्यो ।

समाजसेवा एक यस्तो सर्मपण हो जसले समाजमा निस्वार्थसंग आफुलाई समाजको सेवामा निरन्तर समर्पित गर्छ । समाजसेवीको भिडमा नितान्त नौलो कर्म गरेका बिनयजंग बस्नेत समाजसेवाका एक उदाहरण बन्न सफल हुनु भएको छ ।

आफन्तजन, समाज र राज्यबाट बेवारिसे बनाइएकाहरुको अभिभावक बनि बेवारिसे शबको आफ्नै हातले दागबत्ती दिएर ससम्मान दाहसंस्कार गर्ने बिनयजंग बस्नेत पछिल्लो समय अब बेवारिसे कसैले हुनु नपरोस भन्ने आसएका साथ आस्रम निर्वाण कार्यमा जुट्नु भएको छ ।


ताजा खबर

Loading...
Loading...
Loading...