चिकित्सा शिक्षा विधेयक-२०७५ बहुमतले पारित, केसीले आजै अनशन थाल्ने

काठमाडौं, २५ पुस । राष्ट्रिय चिकित्सा शिक्षा विधेयक २०७५ बहुमतले पारित भएको छ । आज बसेको संसदको शिक्षा तथा स्वास्थ्य समितिको बैठकले उक्त विधेयक बहुमतले पारित गरेको हो ।

विधेयकको पक्षमा सत्तारुढ दलका १४ जना सांसदले मत दिएका थिए भने विपक्षमा प्रतिपक्षका ४ जनाले मत दिएको समिति सभापति जयपुरी घर्तीले जानकारी दिइन् । विपक्षमा गगन थापा, उमाकान्त चौधरी, मान बहादुर विक र नमिता चौधरीले फरक मत राखेका थिए ।

डाक्टर गोविन्द केसीले भने विद्येयक पारित भएपछि सहमति तोडिएको बताउँदै आजैबाट अनशन बस्ने घोषणा गरेका छन् । केसी यतिवेला ईलाम पुगिसकेका छन् ।


ताजा खबर

Loading...
Loading...
Loading...