सांसदको प्रश्नको जवाफ दिन सरकारलाई सभामुखको रुलिङ

काठमाडौं, २५ पुस । सभामुख कृष्णबहादुर महराले सरकारलाई प्रश्नको जवाफ दिन निर्देशन दिएका छन् । बुधबार बसेको प्रतिनिधी सभाको बैठकमा बोल्दै काँग्रेस नेता बालकृष्ण खाँडले नियममावलीको धारा २१९ को १ र २ अनुसार प्रधानमन्त्री र मन्त्रीहरुले सदस्यले उठाएको प्रश्नको जवाफ दिने व्यवस्था गर्नु पर्ने माग गरेका थिए ।

खाँड त्यसो नगरिए आफूहरुले अवरोध जारी राख्ने चेतावनी दिएका थिए । उनले सांसदहरुले उठाएका प्रश्नहरुको जवाफ दिनु सरकारको उत्तर दायित्व रहेको बताउँदै प्रधानमन्त्री र मन्त्रीहरु जवाफ दिन तयार नहुनुले आफूहरु आश्चर्यचकित बनेको बताए ।


ताजा खबर

Loading...
Loading...
Loading...