कांग्रेस सांसदले मागे मन्त्री अधिकारीको राजिनामा

काठमाडौं, २५ पुस । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका राष्ट्रियसभा सदस्य रमेशजंग रायमाझीले संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री रवीन्द्र अधिकारीको राजिनामा मागेका छन् ।

राष्ट्रियसभाको बुधबारको बैठकको विशेष समयमा बोल्दै रायमाझीले भने,‘विभागीय मन्त्रीले राजीनामा गरेर भ्रष्टाचार छानविनमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई सघाउनुपर्छ ।’

उनले २ सय ४२ मेट्रिकटन तौलको विमान ल्याउनुपर्नेमा २ सय ३० मेट्रिक टन तौलको मात्रै विमान खरिद गरेर सिधा–सिधा भ्रष्टाचार गरिएको दाबी गरे । उक्त प्रकरणमा भएको अनियमितताको सत्यतथ्य छानविनका लागि तत्काल मन्त्री अधिकारीले राजीनामा गर्नुपर्ने माग गरे ।

Comments

Loading...
Loading...

ताजा खबर

धेरैले पढेको

Loading...