युवा ज्योतिष तथा वास्तुविज्ञ गर्गाचार्य सम्मानित

पुष २४, काठमाण्डौ । वरिष्ठ वास्तुविज्ञ तथा ज्योतिषी श्यामबाबु आचार्य गर्गाचार्यलाई सम्मानपत्र र नगदसहित सम्मान गरिएको छ ।

झण्डै एक दशकदेखि ज्योतिष र वास्तुको क्षेत्रमा महत्वपूर्ण योगदान पुर्याउँदै आएका गर्गाचार्यलाई नेपाल ज्योतिष परिषदले सम्मान गरेको हो ।

परिषदको २१ औँ वार्षिक उत्सवको अवसरमा काठमाडौंमा आयोजित कार्यक्रममा उनलाई सम्मान गरिएको हो । नेपाल प्रज्ञा प्रतिष्ठानका उपकुलपति डा.जगमान गुरुङ, संस्थाका अध्यक्ष माधवराज पाण्डे र नेपाल पन्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रध्यापक डा.माधवराज गौतमले दोसल्ला र सम्मानपत्र र नगद रु ५००० सहित सम्मान गरेका हुन् ।

युवा ज्योतिष तथा वास्तुविज्ञ आर्चायले वास्तु र ज्योतिष श्रेत्रमा महत्वपूर्ण योगदानगरेको त्यसको कदर गर्दै सम्मान गरिएको नेपाल प्रज्ञा प्रतिष्ठानका उपकुलपति डा.जगमान गुरुङले बताए ।

सम्मानित भएपछि आचार्यले वास्तु र ज्योतिष श्रेत्रमा अध्ययन अनुसन्धान एवं महत्वपूर्ण योगदान पुर्याउनका लागि सम्मानका साथै बिविध कार्य गर्न अक्षय कोष स्थापनाका लागी नगद रु एक लाख पाचँ हजारको सहयोग घोषणा गरेका थिए ।

Comments

Loading...
Loading...

ताजा खबर

धेरैले पढेको

धेरैले पढेको

Loading...