म्यानचेस्टर सिटीको ऐतिहासिक जीत

काठमाडौँ,२६ पुस ।जारी इंग्लिस लिग कप फुटबल अन्र्तगत बुधवार भएको खेलमा म्यानचेस्टर सिटी विजयी भएको छ। गएराति भएको सेमिफाइनलनको पहिलो लेगमा सिटीले बुर्टन आल्बियोनलाई पराजित गरेको हो।

म्यानचेस्टर सिटीले बुर्टनमाथि ९–० को जित निकाल्न सफल भएको छ । सिटीका लागि ग्याब्रिएल जिससले चार गोल गर्दा केभिन डे ब्रायन, रियाद महारेज, फिल फोडन, जिन्चेन्को र कायल वाल्करल एक एक गोल गरेका थिए। जितसँगै म्यानचेस्टर सिटीले काराबाओ कप फुटबलको फाइनल यात्रा निश्चित पारेको छ।दोस्रो लिगको खेल यही जनवरी २४ तारिखका दिन हुनेछ।एजेन्सीको सहयोगमा

Comments

Loading...
Loading...

ताजा खबर

धेरैले पढेको

धेरैले पढेको

Loading...