डा.केसीको बिरोध गर्नेहरु निर्मला हत्याराका समर्थक हुनः पत्रकार भण्डारी

काठमाडौं, २६ पुस । बलत्कार पछि हत्या गरिएकी कञ्चनपुरकी १३ वर्षीया निर्मला पन्तका दोषीलाई कारबाही गर्न माग गर्दै सरकारको कटुआलोचना गर्दै आएका पत्रकार खेम भण्डारीले अनसनरत डा.गोविन्द केसीको बिरोध गर्नेहरु निर्मला पन्त बलत्कारी-हत्याराका समर्थक भएको टिप्पणी गरेका छन् ।

सामाजिक अभियान्ता एवम् प्रा.डा गोविन्द केसीले हिजोदेखि इलाममा आफ्नो १६औं अनशन सूरु गरेपछि पत्रकार भण्डारीले यस्तो टिप्पणी गरेका हुन । भण्डारीले निर्मला पन्तको हत्यारा र दसी प्रमाण मेटाउनेहरुमाथि पनि थप अनुसन्धान गर्न माग गर्दै आएका छन् । पत्रकार भण्डाीले आफ्नो फेशबुकमा लेखेका छन्,‘यसपटक गोविन्द केसीको अनसनको विरोध गर्नेहरु सबै निर्मलाको बलात्कारी-हत्याराका समर्थक हुन् ।’

यता केसीले पनि गत साउन १० गते कञ्चनपुरकी बालिका निर्मला पन्तका हत्यारा पत्ता लगाउन ढिलाई गरेको भन्दै सरकारको चर्को आलोचना गर्दै आएका छन् । सरकारले आफूसँग गरेको सम्झौताविपरित संसदको शिक्षा तथा स्वास्थ्य समितिबाट ‘राष्ट्रिय चिकित्सा शिक्षा विधेयक’ पास भएको भन्दै डाक्टर केसीले १६ औं अनसन सुरू गरेका हुन्। समितिबाट बुधबार बिहान पास भएको विधेयकमा सरकारले डा.केसीसँग गरेका मुख्य तीन सम्झौता तोडिएको छ।

१६ औं अनसनमा डा.केसीका ६ बुँदे माग

१. १५ औं सत्याग्रहका क्रममा ०७५ साउन १० गते नेपाल सरकारसँग भएको सम्झौता बमोजिम अक्षरशः संशोधन गरेर अविलम्ब चिकित्सा शिक्षा बिधेयक संसदबाट पारित गरियोस् ।

२. गौरीबहादुर कार्की नेतृत्वको जाँचवुझ आयोगको प्रतिवेदनले दोषि ठहर गरेका त्रि।वि। पदाधिकारी लगायतका व्यक्तिहरुलाई तत्काल सिफारिश बमोजिम बर्खास्ती लगायतका कारवाही गरियोस् । त्रिवि पदाधिकारीहरुद्वारा चिकित्सा शिक्षा अध्ययन संस्थानका खोसिएका अधिकारहरु पुनः सो संस्थानमै फिर्ता गरियोस् । कृषि तथा वन विश्वविद्यालयमा सम्बन्धन रोक्ने मन्त्रिपरिषदको निर्णय बाबजुद चोरबाटोबाट दिन लागिएको सम्बन्धन तत्काल रोक्दै दोषी पदाधिकारीहरुलाई कारवाही गरियोस् ।

३. सातै प्रदेशमा सरकारी मेडिकल कलेज खोल्ने काम द्रुत गतिमा अघि बढाइयोस् । साथै पूर्वीपहाडका ताप्लेजुङ, इलाम, पाँचथर, तेह्रथुम, लगायतका जिल्लाका नागरिकलाई सहज स्वास्थ्य सेवा तथा मेडिकल शिक्षाका लागि लागि इलाममा । सोलुखुम्बु, ओखलढुंगा, खोटांग, भोजपुर, उदयपुर, सिराहा र सप्तरी लगायतका जिल्ला समेटेर उदयपुरमा । सुदुरपश्चिमका पहाडका डडेल्धुरा, डोटी, बैतडी, बझांग, अछाम, दार्चुला लगायतका जिल्ला समेटेर डोटी वा डडेल्धुरामा अबिलम्ब सरकारी मेडिकल कलेज तथा अस्पताल खोलियोस् । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अविलम्ब एमबीबीएस भर्ना शुरु गर्ने व्यवस्था गरियोस् ।

४.  निर्मला पन्तको बलात्कार र हत्यामा संलग्न व्यक्तिहरुलाई तत्काल पक्राउ गरी मुद्दा चलाइयोस् । साथै, प्रमाण नष्ट गर्ने, झुठा प्रमाण बनाउने, यातना दिने, न्याय माग्न चलेको आन्दोलनमा गोली चलाई हत्या, अंगभंग गर्ने व्यक्तिहरु माथि तत्काल फौजदारी मुद्दा चलाइयोस् ।

५. द्वन्द्वकालका जघन्य तथा मानवताविरोधी अपराधका दोषीहरुलाई अन्तरराष्ट्रिय कानुनअनुसार दण्डित गरियोस् । द्वन्द्वपीडितहरुको माग सुनुवाइ गर्दै संक्रमणकालीन न्याय शीघ्र टुंगोमा पुर्‍याइयोस् ।

६. नेपाल सरकारको निर्णयको उल्लंघन गरी काठमाण्डौं विश्वविद्यालयले तोकेको शुल्क तत्काल फिर्ता लिई दोषी पदाधिकारी माथि कारवाही गरियोस् ।

Comments

Loading...
Loading...

ताजा खबर

धेरैले पढेको

Loading...