कर्णाली राजमार्ग अबरुद्ध, घाईते देवीका जुम्ला रिफर

कालिकोट, २५ पुस । स्कुले बिद्यार्थीलाई ठक्कर दिएर घाइते बनाए पछि कालिकोट जिल्लाको खाँडाचक्र नगरपालिका–१ खडकखण्ड अबरुद्ध रहेको छ । बिहिबार बिहान भे १ ज ३१८५ नम्बरको जीपले पंचदेव माध्यमिक बिद्यालयमा अध्यायनरत १८ बर्षिया देवीका पाण्डेलाई ठक्कर दिदा घाइते बनेकी छन् । दोषीलाई कारबाहीको माग गर्दै बिद्यार्थीहरुले कर्णाली राजमार्ग अबरुद्ध गरेका हुन् ।

दोषीलाई कारबाहीको माग गर्दै बिद्यार्थीहरुले कारवाहीको माग गर्दै राजमार्ग अबरुद्ध पारेको जिल्ला प्रहरी कार्यालय कालिकोटका सूचना अधिकारी देबेन्द्र मल्लले बताए । उनले भने,‘स्कुले बिद्यार्थी जीपको ठक्कर दिएर घाइते बनाएपछि कारवाहीको माग बिद्यार्थीहरुले राजमार्ग अबरुद्ध पारेका छन् ।’ अहिले सहमतिमा खुलाउने प्रयास भइरहेको छ ।’

जीपको ठक्करबाट पाण्डे गम्भीर घाइते भएको र जिल्ला अस्पताल कालिकोटका उपचार हुन नसकेपछि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा थप उपचारका पठाईएको स्थानीय अनन्त बरालले बताए । ‘पाण्डेको जिल्ला अस्पातालमा उपचार हुन सकेन् ।’ उनले भने,‘थप उपचारका लागि जुम्लामा पठाइएको छ ।’

Comments

Loading...
Loading...

ताजा खबर

धेरैले पढेको

Loading...