निर्मला हत्या प्रकरणः डीएनएका लागि नमुना रगत दिएपछि परिवारमा विवाद !

कञ्चनपुर, २६ पुस । बलत्कार पछि हत्या गरिएकी निर्मला पन्तकी आमाले डीएनए परीक्षणका लागि रगतको नमुना दिएपछि परिवारमा विवाद उत्पन्न भएको छ ।

दुर्गादेवी पन्तले निर्मलाको शरीरबाट निकालिएको डीएनए वास्तविक भए नभएको पुष्टि गर्न निर्मलाकी आमाले रगत नमुना संकलन गरेकी थिईन । परिवारको सल्लाहबिना रगतको नमुना प्रहरीलाई दिएको भन्दै निर्मलाका बुबा यज्ञराज र कान्छी आमा लक्ष्मी पन्तले असन्तुष्टि जनाएकी हुन ।

निर्मलाको ‘भजाइनल स्वाब’ मा भएको डीएनए वास्तविक भए नभएको पुष्टि गर्न पन्तले बुधबार महाकाली अञ्चल अस्पतालमा रगतको नमुना दिएकी थिईन ।

डीएनए परीक्षणका लागि रगतको नमुना संकलन गरिएको विषयमा असन्तुष्टि जनाउँदै श्रीमान र सौताले आफूमाथि दुर्व्यवहार गरेको दुर्गादेवी पन्तले बताईन । राहत रकम बुझ्न खोज्दा श्रीमान र सौताले आफूमाथिनै छोरीको हत्या गरेको आरोप समेत लगाएको दुर्गादेवीले गुनासो गरेकी छन् ।


ताजा खबर

Loading...
Loading...
Loading...