बक्सिङको प्रदेशस्तरीय छनोट प्रतियोगिता

काठमाडौँ,२६ पुस । राष्ट्रिय खेलकूद परिषद् र गणेशमानसिंह फाउण्डेशनको संयुक्त आयोजनामा आज यहाँ कर्णाली प्रदेश, सुदूरपश्चिम प्रदेश र प्रदेश नं ५ स्तरीय बक्सिङ खेलको छनोट प्रतियोगिता शुरु भएको छ ।

आगामी माघ २२ देखि २६ गतेसम्म काठमाडौँमा हुने राष्ट्रियस्तरको बक्सिङ प्रतियोगिताको तयारीको क्रममा यो छनोट प्रतियोगिता आयोजना गरिएको आयोजकले जनाएको छ ।

प्रतियोगितामा प्रत्येक प्रदेशबाट आठ जना पुरुष र छ जना महिला बक्सिङ खेलाडी छनोट गर्न लागिएको वरिष्ठ बक्सिङ प्रशिक्षक एवं ओलम्पियन विष्णुबहादुर सिंहले बताउनुभयो । गणेशमानसिंह फाउण्डेशनका अध्यक्ष एवं नेपाली काङ्ग्रेसका नेता प्रकाशमान सिंहले आज प्रतियोगिताको उद्घाटन गर्नुभयो ।रासस

Comments

Loading...
Loading...

ताजा खबर

धेरैले पढेको

धेरैले पढेको

Loading...