लेभान्टेसँग बार्सिलोना पराजीत

काठमाडौं,२७ पुस । स्पेनिस कोपा डेल रे अन्तर्गत प्रिक्वाटरफाइनलको पहिलो लेगमा बार्सिलोना पराजीत भएको छ ।बिहीबार राति सम्पन्न खेलमा लेभान्टेसँग २–१ गोलअन्तरले हार व्यहोरेको हो ।

बार्साले खेलको चौंथो मिनेटमा नै गोल खाएर अपराजयको यात्रा गरेको थियो। इरिक काबाकोले हेडर गोल गर्दै लेभान्टेलाई अग्रता दिलाएका थिए। १८ औं मिनेटमा बोर्जा मायोरलले गोल गर्दै लेभान्टेले अग्रता दोब्बर पार्न सफल भएको थियो।

पहिलो हाफमा २–० ले पछि परेको बार्साका लागि ८५औं मिनेटमा फिलिपे कौटिन्होले पेनाल्टीमार्फत एक गोल फर्काएपनि खेललाई बराबरीमा ल्याउन सकेनन्।

३ साता पहिले बार्सिलोनाले ला लिगामा लेभान्टेमाथि ५–० गोलको जित हात पारेको थियो ।बिहीबारको खेलमा लियोनल मेस्सी, लुइस स्वारेज र जेरार्ड पिकेलाई भने आराम दिइएको जनाइएको छ ।एजेन्सीको सहयोगमा


ताजा खबर

Loading...
Loading...
Loading...