पर्यटकीय क्षेत्रमा अझै पुगेन पूर्वाधार

काठमाडौँ,२७ पुस । कुनै समय निकै चर्चामा रहेको विजौरी–९ को छिल्लीकोट पछिल्लो समय गुमनामजस्तै बनेको छ । धार्मिक आस्था र नेपालको बाइसेरचौबीसे राज्यको ऐतिहासिकता बोेकेको क्षेत्र अहिले ओझेलमा छ । एकछेउको टापुमा कालिका र अर्को टापुमा मालिका भगवतीको मन्दिर छिल्लीकोटको अर्को आकर्षणको केन्द्रविन्दु होे ।

तर भौतिक पूर्वाधार अभावका कारण ऐतिहासिक एवं पर्यटकीय क्षेत्रहरू लोप हुँदै जान थालेको स्थानीयवासी बताउँछन् । कालिका÷मालिका मन्दिर व्यवस्थापन समितिका अध्यक्ष परवीर पुनले सडक अभावका कारण दाङको धार्मिक एवं पर्यटकीय परिचित क्षेत्र छिल्लीकोट ओझेलमा परेको बताउनुहुन्छ ।

“दुई÷चार वर्ष भयो, छिल्लीकोटमा बाटो पुगेको । तर अझै मोटर पुगेको छैन ।” उहाँले भन्नुभयो, “मोटर नपुगे कसरी पर्यटक पुग्छन रु बाटो जति सबै भत्किएको छ ।” वर्षमा कात्तिकदेखि जेठसम्ममा मात्रै पर्यटक मोटरसाइकलको जोखिमपूर्ण यात्रा गरी छिल्लीकोट पुग्ने गरेका छन् । पर्यटक भित्र्याउन मोटरबाटोको सहज व्यवस्थापन गर्न सकिए छिल्लीकोटले मुहार फेर्नसक्ने पुन बताउनुहुन्छ ।

विजौरीको सङ्क्राम खोलाबाट हिँड्दै करीब साढे तीन घण्टामा छिल्लीकोट पुग्न सकिन्छ । तर त्यति लामो यात्रा गरेर उकालो जान गाह्रो मान्ने गरेको स्थानीयवासी बताउँछन् । वर्षैपिच्छे छिल्लीकोटको भौतिक संरचना जीर्ण भएसँगै यसको महत्व घट्दै गएकोमा स्थानीयवासीले चिन्ता व्यक्त गर्न थालेका छन् ।

राम्रो व्यवस्थापन गर्न सकेमा छिल्लीकोट धार्मिक, ऐतिहासिक रूपमा मात्रै होइन, कृषि पर्यटन क्षेत्रमा पनि फस्टाउन सक्छ । तर यहाँको मुख्य समस्या भनेकै यातायात र बाटोघाटो अभाव हो ।

स्थानीयवासी हिम्मत वली छिल्लीकोटको छुट्टै विशेषता बोकेको सुगन्ध कोकिला ‘मालागिडी’ समेत बाटो समस्याले बजार पु¥याउन कठिन हुने गरेको बताउनुहुन्छ । पर्यटन, कृषि एवं धार्मिक विकास गर्न भौतिक पूर्वाधार पनि महत्वपूर्ण हुने उहाँको तर्क छ । तत्कालीन जिल्ला विकास समिति र पर्यटन विकास बोर्ड भैरहवाको लगानीमा मन्दिर संरचनाको मर्मत सम्भार भए पनि त्यसले अझै सार्थकता नपाएको वलीको भनाइ छ ।

त्यस्तै तुलसीपुर उपमहानगरपालिका–१६ मुलकोटमा अवस्थित चमेरा गुफाले पनि दाङको पर्यटकीय क्षेत्रको एक हिस्सा ओगटेको छ । तर दिनहुँ ४०र४५ नवआगन्तुक पर्यटक भित्रिने गुफा हिजोआज सुनसानजस्तै बन्ने गरेको स्थानीयवासी कलीभान रोकाले बताउनुभयो । रोकाले भन्नुभयो, “गुफा हेर्न पहिला भीड लाग्थ्यो तर हिजोआज सुनसान छ ।” उपमहानगरकै वडा नं १ हर्नेटीदेखि चमेरी गुफासम्म जोडिएको चार किलोमिटर सडक सबै भत्किएकाले पर्यटकहरूलाई आउनै सकस छ । गुफा मौसमी पर्यटकीय केन्द्र मात्र बनेको छ । अघिपछि सधैँ बन्द हुन्छ ।

“कात्तिकदेखि वैशाख÷जेठसम्ममा मात्रै यहाँ पर्यटक आउँछन् । नत्र सधैँ बन्द हुन्छ । भौतिक अवस्था पनि उस्तै छ । बाटोघाटो अवस्था पनि उस्तै छ । मर्मत सम्भार र प्रचारप्रसार भए यी सम्पदा विश्वकै ऐतिहासिक पर्यटकीय क्षेत्र बन्नेसक्ने सम्भावना छ”, रोका बताउनुहुन्छ ।

तर भौतिक संरचनाका लागि गुरु दक्षिणाको पर्खाइमा रहेको स्थानीयवासी बताउँछन् । त्यस्तै स्युजा उजाको बागेश्वरी मन्दिर, कोइलावासको रामजानकी, सिद्ध भगवन्तनाथ मन्दिर श्रीगाँउ, सिद्धबाघनाथ बाबा जङ्गलकोटी र बगारबाबा धार्मिक रिहार, पाण्डवेश्वरी शिव मन्दिरलगायत प्रसिद्ध मठमन्दिर ऐतिहासिक देवस्थल भौतिक पूर्वाधार अभावका कारण ओझेलमा परेको पाइन्छ ।

त्यस्तै दाङका प्रसिद्ध अम्बिकेश्वरी मन्दिर, कृष्ण मन्दिर तुलसीपुर बाह्रकुन दह, पुरन्धरा छहरा, चरिङ्गे दह, सवारीकोट र जखेराताल देउखुरी प्रचारप्रसार अभावमा ओझलमा परेको पाइन्छ ।

दाङमा खासगरी बाह्य पर्यटकभन्दा आन्तरिक पर्यटक बढी भित्रिने गरेको संस्कृतविद् डा गोविन्द आाचार्य बताउनुहुन्छ । उहाँका अनुसार दाङका पर्यटकीय क्षेत्र ओझेल पर्नुको मुख्य कारण सहज पूर्वाधारकोे व्यवस्था नहुनु हो । तर पूर्वाधार विकासमा लगानी गर्न सके दाङ विश्वकै आधारस्तम्भ बन्न सक्ने उहाँको धारणा छ । उहाँ धार्मिक एवं ऐतिहासिक दृष्टिकोण महत्व बोकेका दाङका धार्मिक मठमन्दिर, प्राकृतिक तालतलैया र गुफाले राप्तीकै पर्यटकीय उद्गमस्थलको सम्भावना बोकेको बताउनुहुन्छ ।रासस


ताजा खबर

Loading...
Loading...
Loading...