राष्ट्रपति भण्डारीद्धारा पृथ्वीनारायण शाहको शालिकमा माल्यार्पण (फोटोफिचर)

काठमाडौँ, २७ पुस । पृथ्वी जयन्तीको अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले आज सिंहदरवार पश्चिम गेटमा रहेको शाहको शालिकमा माल्यार्पण गरेकी छन् । २९७ औं पृथ्वी जयन्तीका अवसरमा शुक्रबार राष्ट्रपति विद्यादेवी भण्डारी पृथ्वीनारायणको सिंहदरवारस्थित शालिकमा माल्यार्पण गर्न पुगेकी हुन् ।

सो अवसरमा नेपाली सेनाको एक टुकडीले सलामी अर्पण गरेको थियो । त्यस्तै सञ्चारमन्त्री गोकुल बास्कोटा, मन्त्रिपरिषदका पूर्व अध्यक्ष खिलाराज रेग्मी, लगायतले पनि शाहको शालिकामा माल्र्यापर्ण गरेका छन् । सो अवसरमा र्याली तथा विभिन्न सांस्कृतिक झाँकीसमेत निकालिएको थियो ।

पृथ्वी नारणण शाहले नेपाल एकीकरणमा महत्वपूर्ण योगदान दिएको स्मरणमा पृथ्वी जयन्ती मनाउने गरिएको छ । यद्यपी पृथ्वी जयन्तीमा सरकारले यसअघि विदा दिने निर्णय गरेपनि हाल कटौती भएको छ ।

तस्विर : मुकुन्द कालिकोटे


ताजा खबर

Loading...
Loading...
Loading...