२७०० थान लागु औषध सहित १ जना पक्राउ

काठमाडौँ,२७ पुस । काठमाडौको बल्खुबाट २७०० थान लागु औषध सहित एक जना पक्राउ परेका छन ।बर्दिया साविक महमदपुर ९ घर भएका ३२ बर्षीय लालबहादुर रानालाई महानरीय प्रहरी परिसरको टोलीले विशेष सुचनाको आधारमा पक्राउ गरेको जनाएको छ ।

उपत्यका बाहिरबाट खरिद गरेर ल्याई काठमाडौं उपत्यकामा हुने लागु औषध दुर्व्यसनीहरुलाई विक्री वितरण गर्नको लागि ग्राहाकको प्रतिक्षामा बसेको अवस्तामा उनलाई पक्राउ गरीएको जनाइएको छ । प्रहरीले उनको साथवाट Diazelab लेखिएको ईन्जेक्सन एम्पुल थान ८३५, Noophin लेखिएको ईन्जेक्सन थान ८५४,Phenergan लेखिएको ईन्जेक्सन एम्पुल थान ८८६,नगद ३० तीस हजार र  १ थान भिभो मोवायल  बरामद गरीएको पत्रकार सम्मेलनमा जनाईएको छ  ।


ताजा खबर

Loading...
Loading...
Loading...