रविन्द्र र उज्वलको स्वार्थको कारण पार्टी फुट्यो

काठमाण्डौ, २७ पुस । चरम आन्तरिक विवादमा फसेको विवेकशील साझा पार्टी फुटेको छ ।

पार्टीका एक संयोजक उज्ज्वल थापालगायतले नयाँ दल दर्ताका लागि आज निर्वाचन आयोगमा निवेदन दिएका छन् ।

निर्वाचन आयोगका अनुसार निवेदनमा नयाँ पार्टीको नाम विवेकशील नेपाली दल प्रस्ताव गरिएको छ ।

यस्तै केन्द्रीय समितिको ४० प्रतिशत विवेकशील साझाबाट अलग्गिन चाहेको पनि निवेदनमा उल्लेख गरिएको आयोगले जनाएको छ ।

उज्जल थापासँगै रञ्जु दर्शना, मिलन पाण्डे, प्रदेश ३ का सांसद विराज भट्ट, प्रदेश ३ कै सांसद रमेश पौडेल, सुबुना बस्नेत, डाक्टर अनुषा थापालगायतका नेताहरु निर्वाचन आयोग पुगेका हुन ।


ताजा खबर

Loading...
Loading...
Loading...