राजनीतिक पूर्वाग्रह बिना सत्यतथ्य छानबिन गछौं : सभापति चौधरी

बुटवल, २७ पुस । प्रदेश नम्बर ५ सरकारले खरिद गरेका गाडिमा अनियमितताबारे सार्बजनिक लेखा समितिका सभापति डिल्ली चौधरीले राजनीतिक पूर्वाग्रह नराखेर सत्यतथ्य बाहिर ल्याउने बताएका छन् ।

‘अनियमितता भन्ने समाचार बाहिर आएको छ,अब सत्यतथ्य को हो फाइल मगाएर त्यसको प्रकृया हेर्छाैं ,प्रकृया र फाइल भर्खरै शुरु मात्रै हेर्न शुरु भएको छ ,हामी छिट्टै निश्कर्षमा पुग्छौं’

रिपोर्टर्स क्लव प्रदेश ५ कार्यालय बुटवलमा आयोजित साक्षात्कारमा बोल्दै चौधरीले उनले आफु चढेको स्ट्रोम टाटा गाडि ५ हजार किलोमिटर नगुड्दै सकर भांचिएको बताए ।  चौधरीे सकर फेर्न कंहि नपाएपछि खाल्डा खुल्डीमा धेरै समस्या भएको समेत सुनाए ।

नेकपाका प्रमुख सचेतक भूमेश्वर ढकालले गाडि खरिदमा अनियमितता नभएको दाबि गरे ।  ‘इ टेण्डरमा २ कम्पनीले भाग लिए ,पत्रपत्रिकामा बाहिर आएका कुरा सबै सत्य होइनन्, यसमा मलाइ राजनीतिक ढंगले जोडिएको छ,यस्मा मेरो संलग्नता छैन । ’

उनले सत्तारुढ दलको तर्फबाट यसमा संलग्न जो सुकै भएपनि कडा कारबाहिको माग गरे । ‘जुन ढंगले मलाइ जोडेर समाचार आए ,राजनीतिक चरित्र हत्या गर्ने गरि समाचार आएको छ ।’-उनले भने ।

‘सफल अटो बुटवलको टाटाको डिलर हो ,यहा सफल अटोको कुनै संलग्नता छैन,’उनले भने तर समन्वय भएको हो ।’ ‘सफल अटोले बेचेको होइन,सिप्रदीले हो , राजनीति गर्नेले चोर डाका पो गर्न हुदैन,कारोबार त गर्नुपर्छ नी ’उनले भने ।

‘प्रकृयाबाट किनेको हो,खसी बोका किने जस्तो मोलतोल गरेको होइन ।२ वटा संस्थाले टेण्डरमा भाग लिए,७३ लाख भित्र दिनसक्ने ले पाए ।’ ढकालको भनाइ छ ।

संघीय समाजबादी फोरमका प्रमुख सचेतक सन्तोष पाण्डेले संसद र सरकारका गाडि खरिदमा अनियमितता भएको बिषयका बारेमा यथाशीघ्र सत्यतथ्य बाहिर ल्याउनुपर्ने बताए ।

‘सार्बनजिक लेखा समिति छ,यो बिषयमा कडा छानबीन गरे अघि ल्याउनुस्,जनता समृद्धि हुने हो,नेतामात्र होइन ।’ उनले भने ।

प्रदेश ५ मा संबृद्धिको सुरुवात भ्रष्टाचारबाट भएकोमा दुख प्रकट गरे । उनले मजदुरका लागि बाम गठबन्धन बनेको भन्दै चुनाबमा भाषणबाजी चलेको भन्दै अहिलको परिस्थिती ठिक बिपरित भएको धारणा राखे । राजनीतिक दलका नेताहरुले गाडी खरिद होस् वा राजधानीका बिषयमा पनि ।

पुस २९ गते संसद चल्ने र त्यहा पनि संघीय समाजबादी फोरमले प्रश्न उठाउने भन्दै उनले सत्यतथ्य जनताकाबिचमा ल्याउन आफुहरुले पनि भूमिका खेल्ने पाण्डेको भनाइ थियो ।

सरकारलाइ पहिलो गासमै ढुंगा लाएको उनको भनाइ छ । रामकुमार क्षेत्रीको अध्यक्षता तथा कपिल ज्ञवालीको संचालनमा साक्षात्कार कार्यक्रम भएको थियो ।

Comments

Loading...
Loading...

ताजा खबर

धेरैले पढेको

Loading...