राजालाई दोष दिनेहरुले देशलाई पराधिन बनाएः अनिल योगी

काठमाडौं, २८ पुस । २०४६ सालमा हामिलाई प्रजातन्त्र ल्याउने भनियो र नेपालका तातकालिन स्वर्गीय राजा वीरेन्द्रले दल माथिको प्रतिबन्द हटाई प्रजातन्त्र स्थापना भएको घोषणा गरियो । त्यस पछिका सबै राजनितिक घटनाक्रम र सत्ता र शक्तिमा बस्नका लागि दलका नेताहरुले प्रदर्शन गरेका अलोकतान्त्रिक गतिबिधिले देशलाई निकै ठूलो समस्यामा पार्ने काम गरियो ।

राजाहरुले देशलाई कमजोर बनाएको र बिकासको गतिलाई रोकेको आरोप लगाउँदै परिवर्तन गरिएको प्रजातान्त्रिक राजनितिक ब्यवस्थाले देशलाई झनै कमजोर मात्र बनाएन सम्पुर्ण रुपले नेपाल राष्ट्रलाई पराधिन बनाउने काम गर्‍यो । यो कुनै पुर्वाग्रहमा आधारित हलुका आरोप मात्र होईन आजको कटु सत्य यथार्थ हो ।

देशलाई बिकासको बाटोमा लौजानुको सट्टा निरन्तर बिनाशको बाटोमा धकेल्ने काम राजनितिक दलका नेताहरु र ती दलका अन्दभक्त नेपालिका कारण भएको आजको सत्यलाई छिप्न खोज्नु भनेको सुर्यलाई हतकेलाले छेक्छु भन्नू जस्तै हो ।

केही समय पहिले राजा ज्ञानेन्द्र शाह देखि बिनोद चौधरी सम्म र राजेन्द्र खेतान देखि अजय सुमार्गी लगायत नेपालका १० जना धनीहरुको नाम सार्बजनिक भयो । बिदेशिको योजना अन्त्रगत राजनितिक ब्यवस्था संचालन गर्ने नेपालका राजनितिक दल र नेताहरुका कारण देश गुम्यो भने ती धनिहरुले आफू संग भएको धन खर्च गरेर देश फिर्ता ल्याउने तागत राख्छन् त ? पक्कै पनि राख्दैनन् ।

सिक्किम देश गुम्यो के त्यहाँका धनिहरुले आफू संग भएको धन खर्च गरेर सिक्किम फिर्ता ल्याउन सक्छन् ? देशभक्ती बिनाको धन आर्जन त बेस्याले पनि गरेका हुन्छन् ? बेस्या भन्नाले नारिलाई मात्र भन्न खोजिएको होईन पुरुष बेस्याहरु पनि दुनियाँमा छन् । धन कामाएका बेस्याको आफ्नै छुट्टै देश हुँदैन । यो देशका धनिहरुले आफू संग भएको धनलाई मात्र अंगालो हालेर बस्दै गर्दा देश गुम्यो भने त्यो जाबो धनको कुनै महत्व होला र ?

आफ्नो देश नहुने धनिहरुले त्यो धनको सदुपयोग गर्ने राष्ट्र र समाज खोज्दै अरुका देशमा वा गुमाईएको आफ्नै देशमा लगानी गरेर इज्जत बिनाका धनी भएर बाँच्नु ठिक होला कि आफ्नो देशलाई जोगाउँदै आफ्नो धनको रक्षागर्नु र स्वाभिमान सहितको जीवन बाँच्नु ठिक होला ?

यो देशका साशकहरु मात्र नालायक होईनन, किन कि चोर बाटोबाट धन आर्जन गरेका धनिहरु पनि नालायक हुंन । किन कि यहाँ चोर साशकहरु र चोर धनिहरुको अबैध सम्बन्ध कायम रहँदै आएकोछ ।

जब देश अकल्पनीय युद्धको चपेटामा पर्नेछ, त्यो बेला यी पापिधनिहरु नेपालका राजा बाहेक० बाँकी सबै देश छोडेर सजिलै बिदेश भाग्नेछन । तर नेपाली जनताले धनिहरुले जस्तै भागेर अरुका देशमा बस्न र बाँच्न सजिलो हुँदैन ।

त्यसैले थिती र बिधिको ब्यवस्था धनिहरुका लागि होईन गरिब नेपाली जनताका लागि आबस्यक सर्त हो । देश बचाउन र आफू बाँच्नका लागि आम नेपाली जातिले गम्भीर भएर सोच्ने समय आयो । सबैलाई चेतना भया । -अनिल योगी पत्रकार तथा राजनीतिक विश्लेषक हुन ।

Comments

Loading...
Loading...

ताजा खबर

धेरैले पढेको

धेरैले पढेको

Loading...