पूर्व राजा ज्ञानेन्द्र र मेरो विचार मिलेको छ : पशुपतिशमशेर राणा (भिडियोसहित)

पुष २८, काठमाण्डौ । राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रजातान्त्रिकका अध्यक्ष पशुपतिशमशेर राणाले दुई तिहाई बहुमतको सरकारले सिन्कासमेत भाँच्न नसकेको आरोप लगाएका छन् ।

प्रामइ टाइम्स टेलिभिजनको कार्यक्रम जनता जान्न चाहन्छन्मा ऋषि धमलासँग कुरा गर्दै राणाले सरकारले काम गर्न नसक्दा देश नै संकटमा पर्ने अवस्था आएको राणाले बताए ।

नेपाल वायु सेवा निगमको वाइडबडी खरिद गर्दा भएको भ्रष्टाचार विकृतिको गतिलो उदाहरण भएको राणाको तर्क छ ।

भ्रष्टाचार गर्दिन र गर्न दिन्न भन्ने प्रधानमन्त्री ओलीको भनाई वालुवामा पानी जस्तै भएको राणाले बताए ।

रााणाले आफू सधैँ हिन्दुराष्ट्रको पक्षमा रहेको पनि बताए । अहिलेको संसदबाट संविधान संशोधन गरेर नेपाललाई हिन्दुराष्ट्र बनाउन असम्भव रहे पनि आफू विचारबाट पछि नहट्ने बताए ।

आफू र पूर्व राजा ज्ञानेन्द्र शाहसँग अहिले पनि कुराकानी भइरहेको खुलासा गरे ।
“मैले उहाँलाई चिनेकै हो । उहाँले पनि मलाई चिन्नुभएकै छ । कुराकानी हुन कुनै समस्या छैन ।” राणाले भने ।

ज्ञानेन्द्रले देश संकट छ भनेर भनेको कुराप्रति आफू पनि सहमत भएकोसमेत राणाले बताए । पृथ्वी जयन्तीका अवसरमा शुभकामना सन्देश दिदै पूर्वराजा ज्ञानेन्द्रले देश सकसपूर्ण र कपटपूर्ण अवस्थाबाट गुज्रिएको बताएका थिए ।


ताजा खबर

Loading...
Loading...
Loading...