पार्टी फुटेपछि के भने रवीन्द्र मिश्रले ? अभियान नरोकिने

काठमाडौं, २८ पुस । विवेकशील साझा पार्टीका संयोजक रवीन्द्र मिश्रले एउटा समूहले पार्टी फुटाएर गएपनि आफ्नोे अभियान नरोकिने स्पष्ट पारेका छन् ।

पार्टी फुटपछि आफ्नो धारणा सार्वजनिक गर्न आज आयोजित पत्रकार सम्मेलनमा उहाँले पार्टीमा विमति भए पनि पार्टी नै छाडेर गएकामा चिन्ता व्यक्त गर्नुभयो ।

पार्टीका संयोजक मध्येका उज्वल थापासहित १६ जनाले शुक्रबार निर्वाचन आयोगमा विवेकशील नेपाली दल दर्ता गरेपछि मिश्रको यस्तो भनाई आएको छ । उनले हिलो छ्यापाछ्याप गर्ने पक्षमा आफू नरहेको जानकारी गराए।

“पार्टी छोडेर जाने साथीहरुले लगाएको आरोपले असाध्यै दुःख लागेको छ, तर म कसैलाई आरोप लगाउने पक्षमा छैन, मैले पनि आरोप लगाएँ भने धेरै हुन्छ”, उनले भने ।

संयोजक मिश्रले आफ्ना कमीकमजोरी स्वीकार गर्दै पार्टी फुटाएर जानेले पार्टीमा विधि र प्रक्रिया मिचिएको भनेर लगाएको आरोप झुटा भएको प्रस्ट पारे ।


ताजा खबर

Loading...
Loading...
Loading...