सरकारको कामबाट जनता सन्तुष्ट छैनन, तर संविधानले सरकार परिवर्तन गर्न दिदैन : पौडेल

पुष २९, काठमाण्डौ । सत्तारुढ दल नेकपाका नेता देवेन्द्र पौडेलले सरकारको आलोचना बढ्दै गएकोमा चिन्ता व्यक्त गरेका छन् ।

नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसमा ऋषि धमलासँग कुरा गर्दै नेता पौडेलले सरकारको कामबाट जनता सन्तुष्ट हुन नसकेको बताएका हुन् ।

नेता पौडेलले सरकार जनताप्रति उत्तरदायी हुनुपर्नेमा पनि जोड दिए । तर बाहिर व्यक्त भएजस्तो सरकारले काम भएन भन्ने कुरामा सत्यता नभएको बताए ।

“जनताका गुनासाहरु बढेका छन् । यो सरकारबाट जनताले गरेका अपेक्षा पूरा भएको छैन ।” पौडेलले भने ।

सरकार गठन भएको एक वर्ष पनि नभएकाले सामान्य असन्तुष्टीहरु रहे पनि आगामी दिनमा सरकारको कामबाट सबै सन्तुष्ट हुने पौडेलको विश्वास छ । अहिले भएको आलोचनाकै कारण सरकार परिवर्तन गर्न नसकिने बताए ।

अहिले नै सरकार परिवर्तनका लागि वैधानिक व्यवस्था नै नभको उनले बताए । यही सरकारलाई प्रभावकारी बनाउनेतर्फ सबैले ध्यान दिनुपर्ने पौडेलको भनाई छ ।

भ्रष्टाचारसँग जोडिएका कुराहरुलाई छानविन गरेर जनतालाई विश्वस्त पार्नुपर्नेमा पौडेलले जोड दिए ।

गोविन्द केसीतर्फ संकेत गर्दै पौडेलले अनशन बसेकै भरमा माग पूरा गराउने बाटो सही नभएको तर्क गरे । केसीका ८० प्रतिशत माग पूरा भइसकेको भन्दै पौडेलले सहमति भएका विषयमा सरकार गम्भीर भएको उनले बताए ।

चिकित्सा शिक्षा क्षेत्रको सुधारका लागि केसीले उठाएका जायज माग पूरा हुने पौडेले बताए ।

Comments

Loading...
Loading...

ताजा खबर

धेरैले पढेको

Loading...