डिएगो म्याराडोना अस्पताल भर्ना

काठमाडौँ,२९ पुष । अर्जेन्टिनाका लेजेण्ड फुटबलर तथा फुटबल प्रशिक्षक डिएगो म्याराडोना अस्पताल भर्ना भएको सामाचारहरुमा जनाईएको छ।उनी यसअघि नै तय भएको शल्यक्रियाका लागि अर्जेन्टिनाको राजधानीमा रहेको अस्पतालमा भर्ना भएको समाचार संस्था रोयटर्सले लेखेको छ।जनवरीको सुरुमा ५८ वर्षे म्याराडोनाको स्वास्थ्यमा समस्या देखिएको थियो ।

हर्नियाका कारण रक्तश्राव भएको र त्यसको समाधानका लागि शल्यक्रिया गर्न लागिएको म्याराडोनासँग नजिक रहेको स्रोतलाई उद्धृत गर्दै समाचार संस्था रोयटर्सले उल्लेख गरेको छ । पछिल्लो जानकारी अनुसार उनको अवस्ता खतरा मुक्त रहेको एजेन्सीद्धारा जनाईएको छ ।

Comments

Loading...
Loading...

ताजा खबर

धेरैले पढेको

Loading...
    यो पनि पढ्नुहोस्