गोविन्द केसीले विदेशीको बुँई चढेर द्वन्द्वकालको मुद्दा उठाएको अधिकारीको आरोप

काठमाडौं, २९ पुस । सत्तारुढ दल नेकपाका नेता एवम् प्रस्तावित मनमोहन मेडिकल कलेज सञ्चालक समितिका सचिव डा. रामकुमार अधिकारीले डा. गोविन्द केसीले राजनीतिक माग राखेर १६ औं अनशन बसेको आरोप लगाएका छन् ।

आइतबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै उनले भने,‘डाक्टर केसीले राख्नुभएको ६ बुँदे मागमा स्वास्थ्य क्षेत्रबारे केही माग छैन् । उहाँले प्रष्टसँग राजनीतिक माग राख्नुभएको छ ।’

प्रदेश नम्बर ३ का सदस्यसमेत रहेका उनले डा. केसी सरकारी जागिरे भएकोले उनले निर्मला पन्तको हत्यारा पत्ता लगाउनुपर्यो भनेर माग राखेको पनि सुनाए । उनले थपे,‘उहाँपनि सरकारी जागिरे हो नि, उहाँले हत्यारा पत्ता लगाए भैगयो नि त।’ त्यस्तै उनले डाक्टर केसीले विदेशीको बुँई चढेर द्वन्द्वकालको मुद्दा उठाएको पनि आरोप लगाए ।

सांसद अधिकारीले डाक्टर केसी अहिले देशी तथा विदेशी शक्तिको पञ्जामा परेको पनि आरोप लगाए । उनले भने,‘गोविन्द केसीलाई साझा विवेकशीलका नेताहरुले बोकेका थिए । तर, अपराध वा पाप लागेको छ । साझा विवेकशील पार्टी छिन्न भिन्न भएको छ ।’
गोविन्द केसीलाई उनले बधाईसमेत दिए । अधिकारीले भने,‘म गोविन्द केसीलाई बधाई दिन चाहन्छु, अब मनमोहन मेडिकल कलेज काठमाडौं आउँदैन् । तपाईहरु सफल हुनुभयो । हामी त मर्यौं । मर्यौं । २ अर्ब ऋण छ । बिक्रि भएर ऋण तिर्न पुगे त तिरौंला नभए जेलमा बास होला ।’


ताजा खबर

Loading...
Loading...
Loading...