गोविन्द केसीलाई गगन थापाले ढाल बनाए : मन्त्री यादव

पुष २९, काठमाण्डौ । स्वास्थ्य जनसंख्या तथा वातावरण राज्यमन्त्री डा. सुरेन्द्र कुमार यादवले कांग्रेस नेता गगन थापाले उक्साएका कारण डा. गोविन्द केसी अनसन बसेको आरोप लगाएका छन्

प्राइम टाइम्स टेलिभिजनको कार्यक्रम जनता जान्न चाहन्छन्मा ऋषि धमलासँग कुरा गर्दै मन्त्री यादवले अनसन बस्ने सोच नराखेका केसीलाई थापाले उक्साएर अनसन बसाएको दावी गरेका हुन् ।

थापालाई पनि विभिन्न आइएनजिओले उकासेको यादवको आरोप छ । राष्ट्रिय चिकित्सा शिक्षा विधेयकमा केसीको माग समेटिएको भए पनि थापाले गलत भूमिका खेलेको यादवले बताए ।

थापाले पछिल्लो समय केसीको नाममा राजनीतिक गरेको यादवको भनाई थियो ।


ताजा खबर

Loading...
Loading...
Loading...