शक्तिकेन्द्र धाउँदै चुडामणि शर्मा, चोखिएर मुख्य सचिव बन्ने दाउ

पुष ३०, काठमाण्डौ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आन्तरिक राजश्व विभागका निलम्बित महानिर्देशक चुडामणि शर्माले गैरकानुनी सम्पत्ति आर्जन गरेको भन्दै विशेष अदालतमा मुद्दा दायर गरेको थियो ।

झण्डै चार महिना लामो अनुसन्धानपछि अख्तियारले शर्माको चार करोड २९ लाख ५४ हजार एक सय २४ रुपैयाँको स्रोत नखुलेको दाबी गर्दै भ्रष्टाचार मुद्दा दायर गरेको थियो ।

अनुसन्धान र अदालती प्रक्रिया नसकिदै शर्मा अहिले शक्ति केन्द्र धाएर निर्दोष बन्न खोजेको पाइएको छ ।

आफूलाई निर्दोष सावित गराउन देशका सबैजसो प्रभावशाली व्यक्तिका साथसाथै भारतको केही पक्षसँग समेत शर्माले हिमचिम बढाएको बताइएको छ ।

पछिल्लो समय उनी शक्ति केन्द्रहरुमा पैसाको झोला बोकेर आफूमाथि हुन सक्ने सम्भावित कारबाहीबाट बचाइदिन लबिङ गरिरहेको दावी गरिएको छ ।

प्रधानमन्त्री केपी ओलीसम्म नै पुगेर शर्माले आफू निर्दोष भएको दावी गरिरहेका छन् । शर्मा जसरी भए पनि भ्रष्टाचारको मुद्धाबाट सफाइए पाएर सचिव हुँदै मुख्यसचिवसम्म बन्ने सपना बोकिरहेको कतिपयले बताउने गरेका छन् ।

Comments

Loading...
Loading...

ताजा खबर

धेरैले पढेको

Loading...