रियल बेटिसलाई हराउँदै रियल मड्रिड ‘ला लिगा’को चौथो स्थानमा

काठमाडौँ,३० पुस । रियल मड्रिडले आइतबार राति भएको खेलमा रियल बेटिसलाई २-१ ले पराजित गरेको छ। स्पेनिस ला लिगा फुटबल अन्तर्गत रियल बेटिसलाई हराउँदै रियल मड्रिड ला लिगाको चौथो स्थानमा उक्लिन सफल भएको छ । रियल बेटिसलाई दुई एक गोलले हराउँदै रियल मड्रिड स्पेनिस ला लिगाको चौथो स्थानमा उक्लिएको हो ।

खेलको १३ औं मिनेटमा रियलका लुका मोड्रिचले गोलगर्दे अग्रता लिएको थियो। दोस्रो हापको ६७ औं मिनेटमा खेल बराबरीमा ल्याउन रियल बेटिस सफल भएको थियो ।

निकै नै रोमाञ्चक बनेको खेलको ८८ औं मिनेटमा रियलले फ्रिकिक पायो जसलाई मिडफिल्डर काबालोसले फ्रिकिकमार्फत आफ्नो पूर्वक्लवबिरुद्ध गोल गरी टिमलाई तीन अंक दिलाएका थिए ।शीर्ष स्थानको बार्सिलोना भन्दा अझै १० अंकले पछडि रहेपनियो जितले रियल ला लिगाको चौथो स्थानमा भने उक्लिन सफल भएको छ ।एजेन्सी

Comments

Loading...
Loading...

ताजा खबर

धेरैले पढेको

Loading...