‘भ्यालेन्टाइन डे’मा वर्षा र संजोगको बिहे पक्का

काठमाडौँ,पुस ३० ।चर्चीत अभिनेत्री वर्षा राउत र अभिनेता संजोग कोइरालाको विहेको मिती सार्ववनिक गरीएको छ । । लामो समयदेखि प्रेममा रहेको यो जोडीको विवाहको सामाचारले यतिवेला सामाजीक संञ्जालमा चर्चा पाईरहेको छ

विवाह जहिले पनि हुन सक्ने जानकारी गराउदै आएको यो जोडी अन्ततः बन्धनमा बाँधिने पक्का भएको छ । सोमबार बिहानै अभिनेत्री वर्षा राउतले सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्ना प्रसंसकहरुलाई ‘सरप्राइज’ दिँदै आफूहरुको विवाह पक्का भएको भन्दै निमन्त्रणा कार्ड पोस्ट गरेकी छन् ।वर्षाले निमन्त्रण कार्ड सार्वजनिक गर्दै सबैलाई आर्शीवाद दिन पनि सबैमा आग्रह गरेकी छिन् ।

वर्षाले सार्वजनिक गरेको कार्डमा आफूहरुप्रति माया र आर्शीवाद दिने सबैलाई धन्यवाद समेत भनिएको छ ।विवाहको एक महिनाअघि विवाह मिति सार्वजनिक गरिएको भए पनि केही समय अगाडिदेखि नै उनीहरु विवाहको तयारीमा जुटेको विशेष स्रोतले जनाएको छ ।

Comments

Loading...
Loading...

ताजा खबर

धेरैले पढेको

धेरैले पढेको

Loading...