चेभारमा बन्ने सुख्खा बन्दरगाह रद्द गर्न माग-फोटोफिचर

काठमाडौं, ३० पुस । चोभार संरक्षण समितिले प्रस्तावित चोभार सुख्खा बन्दरगाह आयोजना रद्ध गर्न माग गरेको छ ।  चोभार कीर्तिपुरलाई पर्यटकीय नगरको रुपमा विकास गर्ने कार्यमा बाधा सिर्जना गर्ने र दिगो रुपमा असर पार्ने बताउदै समितिले यस्तो माग गरेको हो ।

चोभार संरक्षण समितिले प्रधानमन्त्रीलाई पेश गरेको ज्ञापन पत्रमा भनिएको छ,‘कीर्तिपुरलाई पर्यटकिय नगरको रुपमा विकास गर्ने र स्थानीय जन भावना विपरित ल्याउन लागिएको योजना प्रति समिति खेद प्रकट गर्दछ, समितिबाट पेश भएका माग र मुद्धाका विषयमा हालसम्म कुनै प्रतिक्रिया देखाइएको छैन्।’

ज्ञापन पत्रमा भनिएको छ,‘उल्टो स्थानीय जनताको भावनाको अवमान गरी भित्रभित्रै निमार्ण कार्य शुरु गर्नेगरी आउँदो माघ ३ गते सम्माननीय प्रधानमन्त्रीज्यूबाट सुख्खा बन्दरगाहको शिलान्यास कार्यक्रम राखिएको बुझिएको हुँदा तत्काल निर्माण कार्य रोक्का राखि ज्ञापन पत्रका प्रस्तुत माग र मुद्धाहरु तत्काल पूरा गरी चोभार क्षेत्रको संरक्षणका लागि सहयोग गर्न सबैमा अनुराधे गर्दछौं ।’

उक्त आयोजना गत साउन ३० गते लागि प्रस्तावित चोभार सुख्खा बन्दरगाहको शिलान्यास गर्ने कार्यक्रम थियो । तर जनप्रतिनिधिको सुझावको आधारमा रद्ध गरिएको बताईएको थियो । पुनः आयोजनाको शिलान्यास गर्न लागिएको भन्दै चोभार संरक्षण समिति आयोजना रद्द गर्न माग गरेको छ ।

तस्विर-मुकुन्द कालिकोटे


ताजा खबर

Loading...
Loading...
Loading...