युएइविरुद्ध नेपाल संकटमा, १० ओभरमा ५ विकेट गुमाउँदा ६४ रन मात्रै

माघ १७, काठमाण्डौ । युएइविरुद्धको तीन खेलको एकदिवसीय सिरिज आफ्नो पोल्टामा पार्न सफल नेपाल पहिलो टि ट्वान्टी खेलमा निकै संघर्ष गर्नुपरेको छ ।

युएईले दिएको १५४ रनको लक्ष्य पछ्याएको नेपाले कमजोर प्रदर्शन गर्दा खेलमा संघर्ष गर्नुपरेको हो ।

नेपालले १० ओभर व्याटिङ गर्दा ५ विकेटको क्षतिमा जम्मा ६४ रन बनाएको छ । कप्तान पारस खड्काले २५ बलबाट २५ रन जोडेर आउट भएपछि नेपाल संकटमा परेको छ ।

ओपनिङ व्याट्सम्यान प्रदिप ऐरि पहिलो बलमा आउट भए भने अर्का व्याट्सम्यान तथा उपकप्तान ज्ञानेन्द्र मल्लले पनि १० बलबाट ७ रनमात्रै जोडेर आउट भए । त्यसैगरी दिपेन्द्रसिंह ऐरीले पनि २ बल खेलर चार रन मात्रै जोडे । भर्खरै आउट भएका राहुल पौडेलले पनि ४ रन मात्रै जोडे ।

अहिले सन्दिप जोरा र करण केसी क्रिजमा छन् । आशा गरिएका व्याट्सम्यानले कमजोर प्रदर्शन गरेपछि नेपाल संकटमा परेको छ ।


ताजा खबर

Loading...
Loading...
Loading...