ज्ञानेन्द्र र हिमानी अस्पतालमा भेट्न नआएपछि पारश दुःखी

काठमाडौं, १७ माघ । पूर्व युवराज पारश शाहको स्वास्थ्यमा धेरै सुधार आएको छ । तर, उनी आफूलाई अस्पतालमा हेर्नको लागि बुवा नआएकोमा भने निकै दुःखी रहेको अस्पताल स्रोतले जनाएको छ ।

हृदयाघात भएको पुष्टि भएपछि शाहको मुटुको एउटा धमनी खोलेर स्टेन्ट प्रत्यारोपण गरिएको थियो । चार दिनदेखि अस्पतालमा उपाचारार्थ भर्ना भएका शाहको स्वास्थ्यमा क्रमिक सुधार आएको छ ।

पारशलाई हृदयघात हुँदा पूर्वराजा ज्ञानेन्द्र पत्नी कोमलसहित सिमरामा थिए । तर, उनी काठमाडौं भने आएनन् । बर, आमा कोमल रातारात गाडीमै काठमाडौं आएकी थिईन् ।

उता, पारश पत्नी हिमानीले त उनलाई वास्तै गरिनन । सम्पूर्ण रुपमा पारशले अस्पतालमा आफूलाई एक्लो महशुस गरे । उनले परिवारको साथ पाएनन् । त्यही भएर उनी निराश छन् । तर, छोरा हृदयेन्द्र नियमितरुपमा उनलाई भेट्न नर्भिक पुग्ने गरेका छन्।

बरु, उनलाई भेट्न पारसकी फूपु शोभा शाही गएकी थिइन्। शोभा आफ्नी छोरी मनुजा शाहीसहित बुधबार अस्पताल पुगेकी थिईन् । पारशलाई भेट्न बुधबारनै उनका बहिनी ज्वाइँ (काका धिरेन्द्रका छोरी ज्वाँई) राजीव शाही पनि नर्भिक अस्पताल पुगेका थिए ।

Comments

Loading...
Loading...

ताजा खबर

धेरैले पढेको

Loading...