डा केसीलाई भेट्न पूर्वराष्ट्रपति यादव अस्पताल पुगे, अनशन तोड्न आग्रह

काठमाडौं, १८ माघ । पूर्वराष्ट्रपति डा. रामवरण यादवले अनशनरत डाक्टर गोविन्द केसीलाई भेटेका छन् । उनले अनसन तोड्न पनि केसीलाई आग्रह गरेका छन्।

त्रिवि शिक्षण अस्पतालमा आमरण अनसनरत डा केसीको स्वास्थ्य अवस्था बुझ्न पुगेका पूर्वराष्ट्रपति यादवले आफ्नो शरीरलाई ख्याल गर्दै अनसन रोक्न आग्रह गरे।

यादवले केसीसँग वार्ता गर्न सरकारले पहल गर्नुपर्नेपनि धारणा राखे । चिकित्सा सुधार लगायतका माग राखी डा केसी १६औं अनसनमा छन्। उनको अनसनको आज २४औं दिन हो।

यता केसीका समर्थकहरुले पनि अनशन तोडाउनको लागि पहल गरिरहेका छन् ।स्वास्थ्य अवस्था दिन प्रतिदिन खराब भएको भन्दै उनीहरुले जतिसक्दो चाँडो अनशन तोड्नुपर्ने सुझाव डा. केसीलाइ दिईरहेका छन् ।


ताजा खबर

Loading...
Loading...
Loading...