दोस्रो राष्ट्रिय स्की प्रतियोगिता सम्पन्न

काठमाडौँ,२० माघ । हिमालपारिको जिल्ला मुस्ताङको धार्मिक पर्यटकीयस्थल मुक्तिनाथमा दोस्रो राष्ट्रिय स्की प्रतियोगिता सम्पन्न भएको छ ।नेपाल स्की एशोसिएशनको आयोजना एवं नेशनल ओलम्पिक कमिटी, नेशनल स्पोर्ट काउन्सिल र स्की स्नोबोडिङ फाउण्डेशन नेपालको संयोजनमा माघ १४ गते सोमबारदेखि शुरु प्रतियागिता आज सम्पन्न भएको हो ।

देशका विभिन्न भागबाट २० पुरुष र आठ महिलासहित २८ जनाले प्रतिस्पर्धामा भाग लिएको स्की स्नोबोडिङ फाउण्डेशनका कोषाध्यक्ष सुरज काफ्लेले जानकारी दिनुभयो ।

प्रतियोगिताअन्तर्गत अलपाइन स्कीको सिनियर पुरुषतर्फ छिरिङ तेञ्जिङ शेर्पा प्रथम, कोङ्गा शेर्पा द्वितीय र सुकदेव थापा तृतीय बन्नुभएको छ भने महिलातर्फ गौरीमाया तामाङ प्रथम, सङ्गीता लामा द्वितीय र सजनी लामा तृतीय बन्नुभएको छ ।

त्यस्तै अल्पाइन स्कीतर्फको जुनियर पुरुषतर्फ दीपेश लामा प्रथम, दिनेशकुमार बोहोरा द्वितीय र आंशिक गुरुङ तृतीय बन्नुभएको छ भने महिलातर्फ लक्ष्मी राई प्रथम, प्रियङ्का गुरुङ द्वितीय र पालिसा बज्राचार्य तृतीय बन्नुभएको छ ।

प्रतियोगिताको स्नो बोडिङ स्कीङमा पुरुषतर्फ रञ्जन केसी प्रथम, विवेक तिवारी क्षेत्री द्वितीय र नवीन तामाङ तृतीय बन्नुभएको कोषाध्यक्ष काफ्लेले जानकारी दिनुभयो ।रासस

Comments

Loading...
Loading...

ताजा खबर

Loading...
    सम्बन्धित शीर्षकहरु