वनमन्त्री बस्नेतकी भतिजी बबिता घरभित्र मृत फेला

काठमाडौं, २० माघ । वन तथा वातावरण मन्त्री शक्ति बस्नेतकी भतिजी बबिता बस्नेत आफ्नै कोठाभित्र मृत फेला परेकी छन् । ललितपुरको बालकुमारीस्थित आफ्नै घरमा सलमा झुण्डिएको अवस्थामा उनको शब भेटिएको हो । बबिताले आत्महत्या गरेको हुन सक्ने प्रहरीको आशंका छ ।

बबिताको करिब ३ वर्षअघि रोशन खड्कासँग बिहे भएको थियो । रोशन उर्जामन्त्री वर्षामान पुनका प्रेस संयोजक हुन् । रोशनले एउटा अनलाइन पनि चलाउँछन्, जसमा बिबताले पनि काम गर्थिन् । पढेलेखेकी उनी फरासिली थिइन् । उनको मृत्यूले परिवार र आफन्तजन स्तब्ध बनेका छन् ।

Comments

Loading...
Loading...

ताजा खबर

धेरैले पढेको

Loading...
    यो पनि पढ्नुहोस्