भेनेजुएला प्रकरणमा सरकारले निकालेको विज्ञप्तिप्रति कांग्रेसको आपत्ति

काठमाडौं, २० माघ । भेनेजुएला प्रकरणमा अमेरिकाविरुद्ध सरकार र सत्तारुढ दलका अध्यक्षले सार्वजनिक गरेको विज्ञप्तिप्रति प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले कडा आपत्ति जनाएको छ।

कांग्रेस संसदीय दलको आज बसेको बैठकले सरकार र नेकपा अध्यक्षले सार्वजनिक गरेको विज्ञप्ति राष्ट्रिय स्वार्थ विपरित भएको भन्दै आपत्ति जनाएको हो।

काग्रेस संसदीय दलको निर्णयमा भनिएको छ,‘नेपालको खासै कुनै सम्बन्ध नरहेको देश भेनेजुएलाको राजनीतिक घटनाक्रममा सत्तारुढ कम्युनिस्ट पार्टीका अध्यक्ष र सरकार स्वयम्ले दिएको विज्ञप्ति अपरिपक्व मात्र होइन, नेपालको राष्ट्रिय स्वार्थ विपरित छ, यस्तो असंवेदनशील, अपरिपक्व र राष्ट्रिय स्वार्थ विपरित कार्यप्रति नेपाली कांग्रेस संसदीय दलको बैठक आपत्ति प्रकट गर्दछ।’

Comments

Loading...
Loading...

ताजा खबर

धेरैले पढेको

Loading...